भाँडै माझ्ने भए अर्काको देशमा गएर, यत्रो नौटंकी गरेर टपेको के काम!

उसले फोटो खिची र कन्फर्म गरी ब्याकग्राउन्डमा सेभेन इलाभेन स्टोर प्रस्ट देखिएको होस्। त्यो फोटो खिच्न उसले निकैबेर एंगल मिलाई दायाँ-बायाँ पछाडि त्यो स्टोरको साइन बोर्ड।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। उसले फोटो खिची र कन्फर्म गरी ब्याकग्राउन्डमा सेभेन इलाभेन स्टोर प्रस्ट देखिएको होस्। त्यो फोटो खिच्न उसले निकैबेर एंगल मिलाई दायाँ-बायाँ पछाडि त्यो स्टोरको साइन बोर्ड। तर त्यो फोटो अनुहार पुस्तिकामा पोस्टिन दुई सेकेन्ड पनि लगाइन र क्याप्सन ठोकी यो स्टोरमा मेरो ‘न्यू जब’। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उसका पाइलाहरु आज किन-किन द्रुत गतिमा भागिरहेका छन्, ऊ हतार-हतार अपार्टन्टमा पुगेर जुत्ता पनि नखोली ओछ्यानमा पल्टिई।

आँखा त उसका कहिले पो नरसाएका हुन् र, फरक यति थियो कहिले खस्थे, कहिले भित्र भित्रै सुक्थे, कहिले मन मात्र अमिलिएर कुँडिन्थ्यो। तर आज बलिन्द्र धारा दर्किरहेका छन्। ऊ हिक्का रोक्न सकिरहेकी छैन, घोप्टो पर्छे र निकैबेर हिक्हिकाइ रहन्छे।

आज किन-किन बढी नै नोस्टाल्जिक भैरहेकी छ। स्कुले नानी बेलाका इतिहास भैसकेका अतीतलाई एक सर्को सम्झेर उसको दिमागमा कलेजको होस्टल बसाइको कचायाङ् मचायाङमा रुमलिन्छ एकपछि अर्को, योपछि त्यो। एक-एक गरेर आइरहेको यादहरूले पनि उसलाई बाँधेर राख्न सकेन।

त्रिभुवन युनिभर्सिटीको इन्भारोमेन्ट साइन्स फ्याकल्टीमा बोर्ड टपेर नाम निकालेको दिनका यादमा उसका मनले केहीबेर गोता खायो। त्यो दिन ड्याडी आफैं लाडिएका थिए।

‘अब यस्ले केही गर्छे जीवनमा, कुलकै शान, मान र इज्जत हो यो छोरी,’ हत्तपत्त नखुल्ने ड्याडीको कर्णप्रिय शब्दहरू र ममीको मन्द मुस्कानले ऊ साँच्चै पुलपुलिएकी थिई त्यो साँझ।

उसको हिक्का रोकिसकेको छ तर आँखाहरु अझै बगिरहेका छन्। ऊ सम्झिन्छे त्यो नमिठो पल जसले घरमा एक किसिमको तनाव ल्याइदिएको थियो।

‘अर्काको देशमा गएर भाँडै माझ्ने, चर्पी सफा गर्ने नै भए यत्रो नौटंकी गरेर, त्यो टपेको पनि के काम?’ भन्दै ड्याडी गर्जेपछि सबै चुपचाप एकआर्काको मुख ताकिरहेका थिए।

ऊ त चुपचाप थिई, हातमा थियो आइइएलटिएसको सात बिन्दु पाँचको मार्कसिट। त्यही बोलिरहेको थियो यो ठिटी अस्ट्रेलिया जाने पक्का हो। जब उसले उसको उनीसँग भेटी उसको मन बदलियो। यसको हल्का भनक त ममीलाई नदिएकी पनि हैन तर घरमा कुरोकानी भैनसक्दै भविष्यको सपना, मोहक मिलनको मायाको जेलीगाठीमा जेलिँदै उसले त्यहाँसम्मको बाटो तय गरेकी थिई।

सिड्नी टेकेकै दिन उसका कलेजका साथीहरु श्रद्धा, वाणी, र एकताले उसलाई भव्य स्वागत गरेका थिए। राम्रो आतिथ्य सत्कार पाएकी ऊ आफ्नो निर्णय ठिक भएकोमा मख्ख परी। मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी सिड्नी, उसले केही थान फोटाहरु पोस्टिई।

जब ऊ आफ्नै अपार्टमेन्टमा सरेर कलेजको ‘आवर कभर’ गर्दै दिनचार्या सुरू गरी उसले थाहा पाइ यो संसारमा भूगोलको मात्र अन्तर रहेछ, बाच्ने जिन्दगी उसको कल्पनाको संसार जस्तो फिटिक्कै रहेनछ।

निलो समुन्द्र ठूला-ठूला पानी जहाजहरु, गोता खाँदै उत्रदै गरेका पन्डुब्बीहरु, सुन्दर समुन्द्री किनार, जाइ जुही, चमेली, गुल्धौरी फुल्ने हरिया डाँडाकाँडा, छङ छङ बग्ने छहरा, झरना र खोलाहरु त्यस वरिपरि विचरण गर्ने वन्यजन्तु र चरा चुरुङ्गी ती त सब सपनामा मात्र रहेछ। एकै ठाउँमा पाइने जीवनका रंगहरु जस्तै। सफलताको एउटा बिन्दुमा पुगेकी ऊ पुनः शून्यबाट संघर्षरत थिई।

जे होस भाग्यले साथ दियो यहाँ पनि काम पाएकी थिई। उसका खुट्टाहरु टनक-टनक दुख्थे, सुनिन्थे, मनमनै गुन्थी संघर्षमय जीवनका भोगाइहरुलाई। बाटोमा भेटेजति राम्रा-राम्रा ठाउँमा सेल्फी खिच्थी। रेलको यात्राभरि फोटाहरु छान्थी, बाँकी हुर्याइदिन्थी डस्ट्बिनमा।

अपार्टमेन्टमा पुग्नासाथ कफी पिउँदै सामाजिक संजालमा झुत्ती खेल्न बस्थी। मनमनै भन्थी ‘धेरै कलहरु मिस गरिछु।’ कलेजको आवर कभरपछि कामबाट फर्किँदा त्यो कफीले धान्थेन। शारीरिक पीडाबाट उन्मुक्त नहुँदै ती मिस गरिएका कलहरुले उसलाई नराम्ररी घोच्थ्यो, टाउको दुखेर शरीर भारी हुन्थ्यो।

पीडाको स्वरूप जस्तो-जस्तो भए पनि आँखाबाट बग्दा एकै किसिमको बग्दो रहेछ। ऊ बाथरुम छिर्थी, सावर खोलेर त्यही पानीमा शरीर र मनको दु:खलाई मिसाइदिन्थी अनि एकनास त्यो पानी बगिरहन्थ्यो।

उसको उनीलाई समयमा सम्झनको लागि पनि ऊ बेफुर्सदिली हुन्थी। कहिलेकाहीँ बाडुल्की लाग्यो भने पहिले उसको उनलाई सम्झिन्थी। बाडुल्की अझै नरुकेपछि पालैपालो सम्झिन्थी ड्याडी, ममी, भाइ, बहिनी, क्रमशः चिनजानका नातागोता, इस्टमित्र, फुर्सद भएसम्म छरछिमेकसम्मै पुग्थी।

उ टीठ लाग्दोगरी सबैलाई सम्झिरहेकी हुन्थी तर अफसोच! जाली बाडुल्की लागिरहन्थ्यो। ऊ फटाफट हिँड्दै आफूले सम्झेका सबै ठाउँमा एक-एक गर्दै आफूलाई राख्दै जान्थी।

फरक यति थियो कसैको अँगालोमै बाँधिदिन्थी, कसैको नजिकै बस्थी, कसैसँग लाडे पल्टेर कुरा गर्थी, कसैलाई झुकेर सम्मान गर्थी त कसैसँग ठुस्स परेर हिँड्दिन्थी। सोच्दा सोच्दै ट्रेन स्टेसन पनि आइभ्याउँथ्यो अनि लुसुक्क ट्रेन भित्र छिरेर मोबाइलबाट गीत छानेर इअरफोन लगायर सुन्थी र आउँदै जादै गरेका रमणीय दृश्यहरुलाई आँखाले खिच्दै त्यो धपेडी र थकान मेट्थी।

आज ऊ आनन्दले सुतिराखेकी छ। हप्तामा यही एकदिन न हो धोको पुर्याएर सुत्ने। हुन त उसलाई निद्राले छोडिसकेको थियो तर आँखा खोल्न मन लागिरहेको थिएन। उसको फोन बजिरहेको छ। ऊ आँखा नखोली फोनको घन्टी काट्छे, जगेडा तकिया छातीमा टाँसेर गला जोड्दै आँखा चिम्लिरहन्छे।

उसलाई आज तर्कनाहरुमा अल्झिन पनि मन छैन। अझ सकेसम्म निदाइरहन चाहन्छे तर अब टिङ टिङ टिङ… तारन्तार म्यासेजहरु आइरहेका छन्। उसलाई म्यासेजहरु हेर्न कर पर्छ। ऊ डोकोबाट म्यासेजहरु केलाउँदै फोहोरको थुप्रोमा मिल्काउँदै गर्छे।

श्रद्धाको म्यासेजमा भने ऊ टक्क अडिइ। पोस्ट गरिएको थियो ‘डियर ‘कथाकी पात्र’ आजको आइतबार ‘नेल्सन पार्क बिच’ घुम्न जाने हो र यो दिनलाई अरु रमाइलो बनाउन हाम्रो टिममा नेपालबाट भर्खर मात्र आइपुगेकी रिया पनि जोडिँदै छे। कृपया तुरुन्त रिप्लाई गर।’

‘ओके ओके, डन’ ऊ रिप्लाई गर्दै थिई उनको कल आयो। ऊ दँग परी, आज उनको अफिस हुनुपर्ने हो बिदा लिएछन्। आज उनीसँग दिनभरि गफ हुन सक्छ ऊ दंग पर्छे। दंग मात्र पर्ने कि साथीहरुसँग बिच घुम्न जाने ऊ दोमन हुन्छे। यसैबीच अर्को म्यासेज देखा पर्छ। चिनेजानेको सफाइ कम्पनीको थियो। चार घण्टाको कामको अफर!

ऊ तुरुन्तै कामलाई ओके गर्छे र उनलाई भन्छे ‘रुक्नुस् है, म दुई घन्टापछि तपाईंलाई सिड्नी र मेरो काम घुमाइदिन्छु र श्रद्धालाई पेन्डिङ म्यासेज काटेर रिप्लाई गर्छे, ‘सरी यार, हेर न हिजोदेखि पेट दुखिराखेको थियो आज बिहानै मिन्स भएँ। त्यही भएर म त सुतिराखेको छु यार नेक्स्ट टाइम ल!’

उताबाट तुरुन्तै रिप्लाई आयो ‘पाँच मिनेटमै कथा बुनी हालिस हैन? त्यसै त हामीले तलाई ‘कथाकी पात्र’ भनेको हैन नि, ओके टेक रेस्ट, हाँसेको इमोजी।’

उसले मेट्रो-रेलमा उनलाई पनि सरर सयर गराई गफिँदै, हाँस्दै रमाउँदै। ऊ एउटा भव्य महलको अगाडि उभिई। त्यो एउटा होस्टल थियो। पर्सबाट कार्ड झिकी, मेन गेट खुल्यो। ‘देख्नु भो सरकार आजको मेरो अफिस?’

उनले उताबाट वाउ गर्‍यो, उसले ओठ लेप्र्याई। एप्रोन भिरी र काम सुरू गरी। पर्दाहरु झिकेर वासिङ मेसिनमा हाली, कार्पेटहरुमा मोप लगाइ कम्पुटर र अरु इलेक्ट्रोनिक्स आइटमहरु कोलिनले पुछेर टिलिक्क पारी। घरीघरी ऊ, उनको अनुहार नियाल्छे। उनी चुपचाप पूरै सेन्टी भैसकेका छन्।

ऊ उनलाई उक्साउछे ‘चीयर अप सरकार, हरेक काम बाच्ने एउटा जिन्दगी हो हजुर!’

प्लास्टिकका फूल र बुट्ट्यानहरुलाई स्प्रे गरेर सजीव तुल्याउँदै छे, अक्सिजन फालिरहे जस्ता देखिएका छन् अब। बडे बडे सिसाका झ्यालहरु पनि टलक्कै पारी उसले र ‘एकछिन है’ भन्दै कल काटेर अर्को कम्पार्टमेन्ट भित्र छिरी।

त्यो रुममा उसले सुरुमै एअर फ्रेस्नर छरी र काम थाली। सुरुमा मोप अनि क्रमश कमोड सफा गरी टक्क फ्लश हानेर लिक्विडहरु मिलाएर हाली, फेरि फ्लश हानी। झ्यालको पर्दा फेर्दै थिई फोन बज्यो, उसले नहेरी कल अन गरी र काममा तल्लीन भै फोनको फ्रन्ट क्यामेराले झ्यालको खापाको च्यापमा बसेर उसैलाई चिहाइरह्यो।

‘सरकार, यहाँ जीवन जिउन हरेक पाइलामा पैसा चाहिन्छ। त्यसका लागि काम अझ आइतबारको काम ‘डबल पेमेन्ट’ कसैले छोड्दैन।’

उताबाट केही आवाज आइरहेको थिएन। ऊ पेपर स्ट्यान्डमा पेपर मिलाउन ड्रअर तान्न उठी। ‘ओहो, सीट्!’ ऊ अक्क न बक्क परी। फोनबाट हेर्ने अरु केही थिएन, उसका ड्याडी थिए र ती हेर्ने आँखाहरु चुहिएर गालाको बाटो हुँदै घाँटीसम्मै पुगिसकेका थिए।

ऊ एकनिमेश त ढुंगा भै, फेरि आफूलाई सम्हाल्दै रुन्चे स्वरमा सोधी ‘सरी ड्याडी, ममी खै नि?’

ड्याडी गला अवरूद्ध स्वरमा बोले, ‘आमा तिमीलाई नै हेर्दै थिई, अहिले ऊ उतापट्टि फर्किएर सुतेकी छे।’

उसले ममीलाई हेरी, नभन्दै बुढीमाउ सुतिसकिछन् तर बुढीमाउको सिरानीमा गाढिएको टाउको एकतमासले हल्लिरहेको थियो। उसलाई बुझ्न रत्तिभर बेर लागेन बुढीमाउ कोक्कीइ कोक्कीइ रोइरहेकी छन्। उनको मोबाइलमा गीत बजिरहेको छ ‘जेलैमा हो जेलैमा, चरी जेलैमा… मै छोरी रुँदै रुँदै बेसी मेलैमा।’

उसले आजको काम त सकी तर उसको टाउको भारी हुँदै आयो।

सोची, यो जिन्दगी एउटा कथा रहेछ र म कथाकी पात्र। उसले तुरुन्तै अनुहार पुस्तिका खोलेर पहिलो काम त्यो मेरो ‘न्यू जब’ वाला पोस्ट डिलिट हानी र आँसु पुछेर हल्का भई।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार