संखुवासभा हत्या प्रकरणका आरोपी सार्वजानिक

प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

आइतबार चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।उनी मृतकमध्ये तेजबहादुरको भतिजा रहेको प्रहरीले बताएको छ । चिर्पटले हानेर सबैको हत्या गरेको लोकबहादुरले स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

गत सोमबार बिहान तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया, आमा पार्वती, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

संखुवासभामा ६ जनाको हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आइतबार सार्वजनकि गरेको छ । प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो ।

संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गरेको छ ।

व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले गत सोमबार बिहानै ६ जनाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

लोकबहादुरले आफ्ना बडाबाबु ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको हत्या गरेको स्वीकार गरेका छन्।

सुरुमा बडाबाबु तेजबहादुरलाई दाउरा प्रहार गरी हत्या गरेको र त्यसपछि अरुलाई पनि लखेटी लखेटी हत्या गरेको उनले बयान दिएका छन् । उनकाृ घर तलासी गर्दा प्रहरीले रगत लतपत कपडा फेला पारेको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार