देउवा-प्रचण्ड तनावमा: कांग्रेस–माओवादीमा पार्टी परित्याग गर्ने लहर

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । शुक्रवार नेकपा एमाले मध्यपुर थिमी नगरपालिका वडा नं. १ वडा संगठन कमिटीले आयोजना गरेको राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमी नगरपालिका वडा नं १ वडा कमिटी घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ५५ जना एमालेमा प्रवेश गरेका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नवप्रवेशीलाई एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले अविर तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेशीले कांग्रेस–माओवादीले जनताको आवाज र आवश्यकतालाई पुरा गर्न नसकेको आरोप लगाउँदै एमालेको विकल्प नभएकाले एमालेमा नै प्रवेश गरेको उल्लेख गरे ।

कांग्रेस–माओवादी देश र जनताको पक्षमा नभई विदेशीको इसारामा मुलुकलाई अस्थिरताको खाडमा डुवाउने खेलमा लागेकाले मुलुककको रक्षा तथा विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याउन एमालेको विकल्प नभएको नवप्रवेशीले दावी गरे ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले एमाले नेपाली युवाहरुको एकमात्र पार्टी भएको उल्लेख गर्दै नवप्रवेशीले हिजो आशका भरमा राजनीति गर्नुपर्नेमा अव आफै नेतृत्व गर्ने ठाउँमा आएको बताउनुभयो । योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिई पार्टी तथा मुलुक निर्माणको अभियानमा लाग्न नवप्रवेशी तथा आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

निर्वाचन आउनै लागेको समयमा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नेता बस्नेतले कांग्रेस, माओवादी तथा माधव नेपालको पार्टीले भक्तपुरमा एमालेलाई चुनौति दिन नसक्ने समेत ठोकुवा गर्नुभयो ।

माओवादीले अघिल्लो निर्वाचनमा समेत एक वटा वडा समेत जित्न नसकेको स्मरण गराउँदै नेता बस्नेतले आगामी निर्वाचनमा भक्तपुरमा माओवादीको जमानत जफत हुने समेत दावी गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार