फेरि जीवित बनाउने उद्देश्यले प्रयोगशालामा राखिएका धनाढ्यहरुका मस्तिस्क र शव चोरी !

फेरि जीवित बनाउने उद्देश्यले प्रयोगशालामा फ्रिज गरेर राखिएका धनाढ्यहरुका मृत शरीर र मस्तिस्कहरु चोरी भएका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। फेरि जीवित बनाउने उद्देश्यले प्रयोगशालामा फ्रिज गरेर राखिएका धनाढ्यहरुका मृत शरीर र मस्तिस्कहरु चोरी भएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

प्रयोगशालाका मालिककी पूर्व पत्नीले यी फ्रिज गरिएका मानव शरीरहरु चोरी गरेकी हुन् । रुसको मस्कोमा ५९ वर्षकी भलेरिया उदालोभा र उनको कम्पनीका स्टाफहरु मिलेर भलेरियाका पूर्वपतिको प्रयोगशालाबाट मानव शरीरहरु कब्जामा लिएका हुन् ।

यी शव ती मृतकहरुका हुन् जसले आफ्नो मृत्युभन्दा पहिल्यै आफ्नो शरीर फ्रिज गरेर भण्डारण गरी सुरक्षित राख्नको लागि यो प्रयोगशालालाई ठूलो रकम दिएका थिए । उनीहरुले विज्ञानले मरिसकेका मानव शरीरलाई पुनः जीवित बनाउने प्रविधि विकास गरेपछि आफूहरुलाई पुनः जीवित बनाउनको लागि यो रकम दिएका थिए । यी मृतकहरुमध्ये केही बेलायती र अमेरिकीहरु पनि छन् ।

द सनको रिपोर्टअनुसार यी शरीरहरु भलेरियाका पूर्वपति ४१ वर्षका ड्यानिला मेद्भेदेवको मस्कोमा रहेको प्रयोगशालामा राखिएका थिए । रिपोर्टका अनुसार यो प्रयोगशाला रुसको प्रमुख क्र्यो–स्टोरेज स्थल हो ।

भलेरिया र उनका स्टाफहरुले फ्रोजन शरीरहरु राखिएका विशाल भाँडाहरुबाट तरल नाइट्रोजल पोखेर यिनीहरुलाई कब्जामा लिएका हुन् । केहीले प्रयोगशालामा राखिएका मानव मस्तिस्कहरु पनि कब्जामा लिएका थिए । त्यसपछि उनीहरुले यी सबैलाई ट्रकमा हालेर लिएर गए ।

मेद्भेदेवका अनुसार उनीहरुले यसरी ट्रक लिएर जान थालेपछि पुलिस बोलाइएको थियो तर पुलिसले भलेरियालाई पक्राउ गरेन । खासमा मेद्भेदेवले पहिलेदेखि नै क्रियोरस नामको कृत मानव शरीर फ्रिज गरेर सुरक्षित राख्ने कम्पनी चलाउँदै आएका छन् । अर्कोतर्फ यो कम्पनीकी पूर्व प्रमुख भलेरियाले अहिले ओपन क्रियोनिक्स नामको अर्को यस्तै किसिमको कम्पनी चलाउन थालेकी छिन् । अहिले यी दुवैले यी फ्रिज गरिएका मानव शरीरमाथि आफ्नो हक भएको दावी गरिरहेका छन् ।

यी दुईको सम्बन्धविच्छेदपछि यी फ्रिज गरिएका शवमाथि विवाद सुरु भएको हो । दुवैले यी शरीरमाथि आफ्नो दावी गरेपछि पुलिसले यस विषयमा थप जाँच गरिरहेको छ र दुवैलाई यी शरीरमाथि आफ्नो हक भएको प्रमाणित गर्न भनेको छ । अर्कोतर्फ भलेरियाले यसरी प्रयोगशालाबाट उठाउँदा ती शरीर र अन्य अंगहरु क्षतिग्रस्त भएको हुन सक्ने आशंका गरिएको छ ।

यसरी पूरै शरीर फ्रिज गरेर सुरक्षित राख्नको लागि करिब २६ हजार पाउण्ड (४२ लाख रुपैयाँ) र मस्तिस्क फ्रिज गरेर सुरक्षित राख्न ११ हजार पाउण्ड (१८ लाख रुपैयाँ) शुल्क तिर्नुपर्छ । मेदभेदेवको चोरी भएको प्रयोगशालामा करिब ८२ जनाको शरीर राखिएको थियो जसमध्ये २५ जना विदेशी थिए । यसरी सुरक्षित राखिएका मस्तिस्कलाई दशकौं वा शताब्दीपछि जीवित भएपछि अर्को शरीरमा राख्न सकिने दावी गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार