पाइलटको गल्तीले दु’र्घट’नाको शिकार भए

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पाइलटको गल्ती र सुरक्षा मापदण्डको पालना गर्न असक्षम भएका कारण एयर इन्डिया एक्सप्रेसको विमान अघिल्लो वर्ष दुर्घटनाको शिकार भएको अनुसन्धाताले बताएका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

केरलको कालीकट विमानस्थलमा यो विमान दुर्घटना भएको थियो । दुर्घटनाका बेला विमानमा १९० जना सवार थिए । यो दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । दुबईबाट आइरहेका बोइंग ७३७ विमान रनवेमा वर्षाका कारण चिप्लियो र अवतरण गरेपछि दुई टुक्रा भएको थियो । यो विमानमा कोरोना लकडाउनका कारण विदेशमा फसेका भारतीयलाई उद्धार गरिएका यात्री सवार थिए ।

दुर्घटनामा जतिको मृत्यु भएको थियो, त्यसमध्ये विमानका दुई पाइलट पनि थिए । घटनामा ७५ यात्री गम्भीर रुपमा घाइते भएका थिए । घटनाका दिन विमानले अवतरण गर्न दुई पटक कोसिस गरेको थियो । पहिलो कोसिस खराब मौसमका कारण असफल भएको थियो । दोस्रो कोसिसमा यो दुर्घटना भयो ।

दुर्घटनाको अनुसन्धान गर्ने सरकारी एजेन्सी ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्यूरो’ को रिपोर्टमा अवतरण अघि पाइलटले निर्धारित प्रक्रियाको थुप्रै पटक उल्लंघन गरिएको बताइएको छ । २५७ पानाको यो रिपोर्टमा विमानको विन्डशील्ड भाइपरले काम गरिरहेको थिएन जसका कारण हेर्न असुविधा भइरहेको बताइएको छ । पाइलट खराब मौसमको परिस्थितिमा सटिक ल्यान्डिङ डाटाको अनुमान लगाउन असफल भएका थिए ।

‘पाइलटले अवतरण गर्ने पहिलो कोसिसका बेला क्याबिन क्रुका सदस्यलाई बसिरहन आदेश दिइएन जबकी यो अनिवार्य हुन्छ । यो क्याबिन क्रुका सदस्यको सुरक्षामा गम्भीर भूल थियो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार