किन धकेले जनेफरका प्रेमी बेनले फ्यानलाई ?

कलाकार बेन एफ्लेक र विश्व चर्चित गायिका जेनेफर लोपेज भेनस फिल्म फेस्टिबलमा सहभागी भई शुक्रबार राति फर्कदै थिए। भेनस विमानस्थलबाट फर्कन लागेका उनीहरुले अप्रिय फ्यानलाई भेट्नु परको छ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कलाकार बेन एफ्लेक र विश्व चर्चित गायिका जेनेफर लोपेज भेनस फिल्म फेस्टिबलमा सहभागी भई शुक्रबार राति फर्कदै थिए। भेनस विमानस्थलबाट फर्कन लागेका उनीहरुले अप्रिय फ्यानलाई भेट्नु परको छ। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सुरक्षा घेरासहित विमानस्थल प्रवेश गरेका जेनिफर र बेनलाई एक फ्यान हुत्तिएर भेट्न आइपुगे। सुरक्षा घेरा तोडेर जेनेफरतर्फ हुत्तिएर आएका फ्यानलाई देखेर जेनेफर बेनको पछाडि लुकिन्। त्यसपछि बेनले उक्त फ्यानलाई धकेलिदिन्छन्।

विमानस्थलबाट जोडी बाहिरिँदै गर्दाको भिडियो सार्वजनिक भएको छ। भिडियोमा फ्यानलाई धकेलिदिएपछि बेनले जेनेफरको हात समातेर विमानस्थलभित्र पसेको देखिएको छ।

यी दुईले भेनस चलचित्र महाेत्सवको प्रिमियरमा आफ्नो सम्बन्धको बारेमा सार्वजनिक रुपमा जानकारी दिएका थिए। यो भन्दा अगाडि सन् २००३ मा ‘डियर डेभिल’ नामक चलचित्रको प्रिमियरमा साथ देखिएका थिए।

लामो समय डेट गरेका यी जोडीले सन् २००३ मा इन्जेजमेन्ट पछि विवाह पर धकेलेका थिए, सन् २००२ बाट अलग रहेका यी जोडी फेरि साथ दिएका छन्। यति बिचमा बेनले अभिनेत्री जेनेफर जेनरसँग विवाह गरे ।

उनका तीन सन्तान छन्। बेन र जेनेफरले सन् २०१७ मा सम्बन्ध टुङ्गाएका थिए। यस्तै जेनेफर लोपेजले बेनसँग छुटेपछि मार्क एन्टोनीसँग विवाह गरिन्। २ सन्तानलाई जन्म दिएपछि उनले सम्बन्ध टुङ्गाएकी थिइन्।

गएको अप्रिलदेखि बेन र जेनेफरको सम्बन्धको हल्ला चलेको थियो। जेनेफरको जन्मदिनको अवशरमा बेनको आधिकारीक इन्स्टाग्राममार्फत सम्बन्ध सार्वजनिक भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार