इन्डियन आइडल विजेतालाई दिइन् सुनको सिक्री र नगद, बलिउड अभिनेता हृतिक रोशनकी आमाले

यस पटक ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन भएका छन। गायिका अरुणिता कान्जीलाल पहिलो रनर–अप भएकी छिन ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। यस पटक ‘इन्डियन आइडल–१२’ का विजेता पवनदीप राजन भएका छन। गायिका अरुणिता कान्जीलाल पहिलो रनर–अप भएकी छिन । इन्डियन आइडलको विजेता भएपछि यी दुई गायकका लागि अवसरका ढोकाहरु खुलेका छन्। उनीहरु थुप्रै सांगीतिक कार्यक्रममा सहभागी भइसकेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यही क्रममा हालै पवनदीप र अरुणिताले बलिउड अभिनेता हृतिक रोशनका बुबा राकेश रोशन र आमा पिंकी रोशनलाई पनि भेट्ने मौका पाएका छन्। ‘राकेश र पिंकी रोशन हामीलाई देखेर भावुक हुनु भयो र हामी दुबैलाई अँगालो हाल्नु भयो,’ राकेश र पिंकीसँगको भेटबारे कुरागर्दै पवनदीप राजनले भने, ‘हामीले केही गीत पनि गायौं र उहाँहरुले हाम्रो उपस्थिति मन पराउनु भयो।’

टाइम्स अफ इन्डियाका अनुसार सो भेटमा हृतिककी आमा पिंकीले पवनदीपलाई सुनको रुद्राक्ष सिक्री र भगवान लक्ष्मीको चित्र भएको सुनको पैसा उपहार दिएकी थिइन्। ‘पिंकीजीलाई त्यो सुनको रुद्राक्ष सिक्री उहाँको बुबाले दिनुभएको रहेछ,’ पवनदीपले भने, ‘म आफैं एउटा रुद्राक्ष माला किन्न खोजिरहेको थिएँ र पिंकी जीले मलाई त्यही उपहार दिनु भयो।’

राकेश र पिंकी रोशन इन्डियन आइडलका विजेता पवनदीप र अरुनिताको ठूलो प्रशंसक थिए र उनीहरुलाई भेट्न चाहिरहेका थिए। भेटमा पवनदीप र अरुणिताले रोशन दम्पतिसँग तीन घण्टा बिताए। सो भेटमा पवनदीप र अरुणिताले हृतिक रोशनसँग भने लामो समय भेट्न पाएनन्।

‘हृतिकसँग हामीले एकैछिन मात्र भेट्न पायौं,’ पवनदीप भन्छन्, ‘उनले अरुणिता र मलाई शुभकामना दिए र जीवनमा मेहनत गरेर अझै अगाडि बढ्न सुझाव दिए।’

टाइम्स अफ इन्डियाका अनुसार अहिले पवनदिप र अरुणिता राज सुरानीको निर्देशनमा नयाँ गायन सिरिजको तयारी गर्दै छन्। उनीहरु विभिन्न समारोहमा सहभागी भई भिडियोमा पनि देखिने भएकोले गायनसँगै नृत्य गर्न सिकिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार