जिस्किएको भिडियो भाइरल रामकुमारी झाँक्री र योगेश भट्टराई

योगेश भट्टराई र रामकुमारी झाँक्री जिस्किएको भिडियो भाइरल बनेको छ । बुधबारको संसद बैठकपछि संसद भवनमा उनीहरु जिस्किएको भिडियो भाइरल भएको हो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। योगेश भट्टराई र रामकुमारी झाँक्री जिस्किएको भिडियो भाइरल बनेको छ । बुधबारको संसद बैठकपछि संसद भवनमा उनीहरु जिस्किएको भिडियो भाइरल भएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

कानुनी रुपमा योगेश भट्टराई र रामकुमारी झाँक्री अलग दलका सांसद हुन् । संसदमा भेट हुँदा उनीहरु जिस्किएका हुन् । उनीहरु दुई जनासँग अर्का सांसद गणेशकुमार पहाडी पनि थिए ।

एमाले विभाजनपूर्व उनीहरु तीनै जना माधवकुमार नेपालको समूहमा थिए । एमाले विवाद उत्कर्षमा पुग्नु केही पहिला गणेशकुमार पहाडी बालुवाटार प्रवेश गरे ।

उनलाई ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए । एमाले विवाद उत्कर्षमा पुग्दै गर्दा योगेश भट्टराई बालकोट पुगे र एमालेको अध्यक्ष केपी ओलीलाई आफ्नो साथ रहेको बताए ।

यता रामकुमारी झाँक्री भने माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगिन् र नेकपा (एस) दर्ता गराइन् । त्यसै पार्टीविरुद्ध पछिल्लो समय एमाले आयोगदेखि अदालत हुादै सभामुख सापकोटाविरुद्ध सडकदेखि सदनसम्म आक्रोश पोखिरहेको छ ।

प्रतिनिधिसभा बैठकपछि योगेश र गणेश कुराकानी गरिरहेको ठाउँमा रामकुमारी पुगिन् । जहाँ उनीहरूले तस्बिर खिचाए र पत्रकारहरूसँग कुराकानी गरे ।

प्रतिनिधिसभा बैठकमा आफूहरूलाई अनधिकृत भन्दै खगराज अधिकारीलगायतले लगाएको नाराले हाँसोसँगै रिस पनि उठेको रामकुमारीले बताइन् ।

योगेशले ठट्यौली गर्दै थपे, ‘कोल्याप्स गरिदिउँ लाग्यो कि क्या हो ?’ त्यसमा रामकुमारी सही थपिन, ‘हो कोल्याप्स नै गरिदिउँ जस्तो लाग्यो ।’त्यसपछि पत्रकारहरूले प्रश्न गर्यौं– न त रामकुमारीहरूलाई पदमुक्त गर्न भनेर नारा लगाउनुभयो न ढ्यापढ्याप गर्नुभयो किन ?

योगेशले इशारा गर्दै जवाफ दिए, ‘मनबाट आउनुपर्यो त्यसपछि दिमागमा सन्देश जानुपर्यो र हातसम्म सन्देश पुग्नुपर्यो । अहिले त्यस्तो मनमा नै लागेको छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार