संसदमा ओलीले आफै रोष्टम अगाडी गरे नारावाजी, आफ्ना सांसदलाई दिए निर्देशन कसरी विरोध गर्ने भन्दै

नेकपा एमालेका सांसदहरुको नारावाजीका कारण संसदको बैठक तीन दिन देखि प्रभावित छ । प्रतिनिधिसभाको आइतवारको बैठक पनि सुरू हुनासाथ नेकपा एमालेका सांसदले नाराबाजी गरेर अवरोध गरेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेका सांसदहरुको नारावाजीका कारण संसदको बैठक तीन दिन देखि प्रभावित छ । प्रतिनिधिसभाको आइतवारको बैठक पनि सुरू हुनासाथ नेकपा एमालेका सांसदले नाराबाजी गरेर अवरोध गरेका छन् । नारावाजी पछिि सभामुख अग्नी प्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले आजको बैठकमा पनि रोस्टम अगाडि नारावाजी गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो। आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए।

नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी थिए। यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए। तर, आइतबार भइरहेको नाराबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका हुन्।

यसअघिका बैठकहरुमा एमाले सांसदहरुले अर्काको बुई चढेर विरोध गरेपछि आलोचना भएको थियो । केही सांसदहरुले मर्यादा विपरित अभिब्यक्ति पनि दिएका थिए । आइतवार संसद बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले बुइँ चढेर रोष्टम उक्लने प्रयास नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।

नेकपा एमालेको आइतबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले संसदीय मर्यादामा बस्न सासंदहरूलाई निर्देशन दिएका हुन्। भदौ २५ गतेको बैठकमा एमाले सांसदहरूले केही सांसदलाई बुइँमा चढाएर रोष्टम उकाल्ने प्रयास गरेका थिए।

उनले एमाले सांसदले माइकले सभामुखलाई हा न्ने योजना रहेको भन्ने टिप्पणीको पनि खण्डन गरेका छन् । उनले त्यस्तो कुनै योजना पार्टीको नभएको बताएका छन् । कतिपय साथीहरूले बोलेको सुनेँ। सभामुखलाई माइक हा न्ने योजना थियो भनेर। त्यसो योजना थिएन। हुँदै नभएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुन्न। बोल्दा माननीयहरूले जिम्मेवारीपूर्वक बोल्ने गर्नुपर्छु, ओलीले भने, ‘काँध चढेर माथि जान खोज्ने नगरौं।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार