ओलीले मानेनन् १० बुँदे समझदारी ? ‘तपाई होइन लेखराज भट्नै हो सुदूरपश्चिमको इन्चार्ज’ भीम रावललाई भने

नेकपा एमालेमा १० बुँदे समझदारीलाई सर्त राखेर माधव नेपालको साथ छोडेर ओली पक्षमा पुगेका नेताहरु समस्यामा पर्न थालेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमालेमा १० बुँदे समझदारीलाई सर्त राखेर माधव नेपालको साथ छोडेर ओली पक्षमा पुगेका नेताहरु समस्यामा पर्न थालेका छन् । ओली १० बुँदे समझदारी कार्यान्वयनमा इमान्दार बन्छु भन्ने सहमतिमा पुगेका कारण माधव नेपालको पक्षमा रहेका नेताहरु अन्तिम समयमा एमाले तर्फ गएका थिए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमाले विभाजनवाट रोक्न माधव नेपालको साथ छोडेर गएका नेताहरुको १० बुदे सर्त मध्य प्रमुख बुँदा थियो पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनु । त्यस अघि एमालेमा जुन जिम्मेवारीमा नेताहरु थिए उनीहरुको पद यथावत रहनु । तर जब माधव पक्षका प्रभावशाली नेताहरुलाइ एमालेमै रोक्न ओली सफल भए अब भने उनी १० बुँदे सहमति कार्यान्वयमा इमान्दारीता देखाउन छोडेको संकेत देखाएका छन् ।

ओलीले सुदूरपश्चिम प्रदेश पार्टी इन्चार्जमा लेखराज भट्ट नै यथावत रहने बताएका छन्। पार्टीका सुदूरपश्चिम प्रदेशस्थित नेताहरुलाई बालकोटमा बोलाएर छलफल गरेपछि अध्यक्ष ओलीले अहिलेलाई माओवादीबाट आएका भट्ट नै त्यहाँको इन्चार्ज कायम रहने बताएका हुन्।

ओलीले नेताहरूसँगको छलफलपछि पार्टी २ जेठ २०७५ मा फर्किए अुनसार इन्चार्जमा दाबी गर्दै आएका उपाध्यक्ष रावललाई सुदूरपश्चिम प्रदेशमा समन्वयकारी भूमिका खेल्न पनि निर्देशन दिएका छन्।

आइतबार बिहान नेता रावल, भट्ट र एमाले प्रदेश अध्यक्ष कर्णबहादुर थापासहितका शीर्ष नेताहरुसँग बालकोट पुगेका थिए। उक्त भेटका क्रममा अध्यक्ष ओलीले यसअघि तोकिएको जिम्मेवारी हेरफेर नहुने बताएका हुन्।

नेकपा एमालेलाई जेठ २ मा फर्काउने गरी असार २७ मा गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका रावल नै हुन्छन्। तर ओलीले भट्ट नै इन्चार्जको जिम्मेवारीमा यथावत रहने बताएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार