मेस्सी विनाको बार्सिलोनामा अर्को सङ्कट, टिकेट नै विक्री भएन च्याम्पियन लिगको !!

क्याटालन क्लब बार्सिलोना र फरवार्ड लिओनेल मेस्सी विचको सम्बन्ध सकिएसंगै बार्सिलोनाले लिगका केहि खेल खेल्दै लिगको प्रारम्भ गरेको थियो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। क्याटालन क्लब बार्सिलोना र फरवार्ड लिओनेल मेस्सी विचको सम्बन्ध सकिएसंगै बार्सिलोनाले लिगका केहि खेल खेल्दै लिगको प्रारम्भ गरेको थियो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

लिओनेल मेस्सी विना नै बार्सिलोनाले ३ ला लिगा खेल खेल्दै २ जित र एक ड्र दर्ता गरेको थियो । चरम आर्थिक सङ्कटको सामना गरेको बार्सिलोनाले ठुला पारिश्रमिक लिने खेलाडीलाई पाखा लगाउदै नयाँ खेलाडी समेत दर्ता गरेको थियो ।

सिजन चल्दै गर्दा ल्याएको खेलाडी समेत बेच्ने देखि अन्य खेलाडीको पारिश्रमिक घटाउने प्रकियामा समेत बार्सिलोना क्रियाशील देखिएको थियो । यस पश्चात समेत आर्थिक सङ्कटको चपेटाबाट बार्सिलोनाले राहत पाउन सकेको छैन ।

बार्सिलोनाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार बार्सिलोनाको घरेलु रंगशालामा समर्थकहरु फर्किएका छैनन् । मतलब बार्सिलोनाले खेलेको खेलहरुमा बार्सिलोनाका समर्थकहरुले साथ् दिएका छैनन् । स्पानिस ला लिगा कै नियम भित्र रहेर केहि प्रतिसत समर्थकहरुलाई मात्र रंगशालामा प्रवेश दिइएको अवस्थामा समेत छुट्याइएको टिकेट समेत विक्री नभएको बताइएको छ ।

कोरोनाकाल अघि जति समर्थकहरु बार्सिलोनाको खेल हेर्न उत्साहित देखिएका थिए उतिकै स्तर र संख्यामा समर्थक नफर्किएको बार्सिलोना बोर्डले जनाएको छ ।

च्याम्पियन लिगको पहिलो समुह चरणको खेल बार्सिलोनाले प्रतिद्वन्दी बायर्न म्युनिक विरुद्ध खेल्दै छ साथै बार्सिलोनाले उक्त खेलका निम्ति घरेलु समर्थकहरुका निम्ति ४०,००० टिकेट छुट्याएको थियो तर मात्र ३१ हजार २१३ टिकेट विक्री भएको बार्सिलोना बताउछ ।

यस प्रसङ्गसंगै बार्सिलोना र बार्सिलोना समर्थक विच मुटाव भएको देखिन्छ जसकारण बार्सिलोना बोर्डमा निकै चिन्ता उत्पन्न भएको छ । ठुला खेल भएता पनि समर्थक आउन नमानेको यो पहिलो खेल भने होइन । यस अघि बार्सिलोना र गेटाफे विरुद्धको खेलमा समेत बार्सिलोनाले २० हजार टिकेटको ब्यबस्था गर्दा मात्र १९ हजार टिकेट विक्री भएको थियो ।

यस तथ्यांकले बार्सिलोनालाई थप निराशा थपेको छ । लिओनेल मेस्सीको बहिर्गमनले नै बार्सिलोनामा टिकेट विक्रीमा कमी आएको हो वा समर्थ र क्लब विच सम्बन्ध विग्रिएको हो । यस विषयमा बार्सिलोना बोर्डलाई चिन्ता मात्र छैन क्लबले ठुलो घाटा ब्यहोर्नु पर्ने अवस्थाबाट गुज्रिनु पर्ने सङ्केत समेत देखा परेको छ । च्याम्पियन लिग खेल अघि टिकेट नविक्दा भने क्लब थप चिन्तामा परेको देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार