एमसीसी पास नहुने देखेपछि यस्तो धम्की दिइन् जादाजादैं फातिमाले, अब के गर्लान् देउवा ?

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकार र यहाँका राजनीतिक नेतृत्वलाई एमसीसीबारे यथाशीघ्र निर्णय लिन अप्रत्यक्ष दबाब दिनुभएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकार र यहाँका राजनीतिक नेतृत्वलाई एमसीसीबारे यथाशीघ्र निर्णय लिन अप्रत्यक्ष दबाब दिनुभएको छ । उहाँको यो शैलीलाई धेरैले धम्की भनिरहनुभएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमसीसी सम्झौतालाई लिएर विवाद चर्किएको बेला नेपाल आएको फातिमा नेतृत्वको टोलीले राजनीतिक दलका शीर्ष नेतादेखि प्रधानमन्त्री र सरकारका मन्त्रीहरुसँगको भेटमा एमसीसी छिटो टुंगो लगाउन कूटनीतिक दबाब बढाएको हो ।

उपाध्यक्ष फातिमाले एमसीसी अनुमोदन गराउन दबाब दिने उद्देश्यले नेपाल नआएको भने पनि ’छिटो निर्णय गर्न’ भन्नुले नेपाल पक्षलाई कूटनैतिक दबाब दिएको बुझ्न सकिन्छ । सबै भेटघाटमा टोलीले एमसीसी परियोजना सैन्य रणनीतिको अंग नभएको भन्दै अन्यथा नलिन आग्रह गर्नुले पनि नेपाललाई दबाब महसुस भएको छ ।

‘नेपाललाई नचाहिए यो सहयोग अरु देशलाई दिन्छौँ,’ फातिमाको उक्त अभिव्यक्तिलाई एमसीसी स्वीकार गर्न बाध्य पार्न खोजिएको अर्थमा पनि हेरिएको छ ।चार दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहानै काठमाडौँ उत्रिएको एमसीसी टोलीले प्रमुख प्रतिपक्षदेखि सत्तापक्षका नेतालाई निवासमै पुगेर छुट्टाछुट्टै भेटघाट गरेको थियो ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ताको शुरुवात गरेको टोलीले हिजो शनिबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर औपचारिक भेटघाटको बिट मारेको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले एमसीसीका विषयमा राजनीतिकस्तरमा समेत छलफल भइरहेको जानकारी दिनुभएको थियो । टोलीले ऊर्जामन्त्री पम्फा भुसालसँग पनि मन्त्रालयमा पुगेर भेटघाट गरेको थियो ।

टोलीले अस्ति साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको थियो । भेटमा उपाध्यक्ष फातिमाले एमसीसीलाई थप विवादित नबनाउन र स्वीकार गर्ने या नगर्ने भन्नेबारे शीघ्र निर्णय लिन आग्रह गरेको बताइन्छ । प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सकेसम्मको प्रयास गर्ने जवाफ दिनुभएको बुझिएको छ ।

त्यसअघि अस्ति बिहान सत्ता गठबन्धनको अर्को ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फातिमाले डेढ घण्टा लामो छलफल गर्नुभएको थियो । बताइएअनुसार प्रचण्डसँगको भेटमा पनि फातिमाले ‘जे गर्ने हो छिटो गर्नुस्’ आशयको भनाइ राख्नुभयो । प्रचण्डले भने राष्ट्रिय सहमति बनाएर मात्र निर्णय गर्ने जवाफ दिनुभएको बताइन्छ ।

अस्ति पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईसँग पनि एमसीसी टोलीले भेटघाट गरेको थियो ।

सबै भेटघाटमा एमसीसीलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान टोलीले आग्रह गर्दै आएको छ । तर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री भट्टराईबाहेक अरु कुनै पनि नेताले पनि प्रष्ट जवाफ नदिएको बताइएको छ । जनआस्थामा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार