दिउसै रात पार्ने त्यो हर्कत सभामुख सापकोटाको

संविधान र कानुनलाई च्यातच्यूत पारेर सदनभित्र जहाँनिया राणा शासन लागू गर्नुभएका सभामुख अग्नि सापकोटाले जनता आफ्नो अपराधबारे जानकार भएको संकेतसँगै कानूनको पाठ पढाउन थाल्नुभएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संविधान र कानुनलाई च्यातच्यूत पारेर सदनभित्र जहाँनिया राणा शासन लागू गर्नुभएका सभामुख अग्नि सापकोटाले जनता आफ्नो अपराधबारे जानकार भएको संकेतसँगै कानूनको पाठ पढाउन थाल्नुभएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

काभ्रेका अर्जुन लामालाई घोचीघोची क्रुरतापुर्वक हत्या गरेको आरोपी सापकोटाले आफ्नो अपराध जनतामा ढाकाछोप गर्न केही दिन यतादेखि सांसद्लाई भने संवैधानिक सर्वोच्चता कायम गर्ने पाठ पढाउँन थाल्नुभएको हो ।

संसदको सवैभन्दा ठूलो दल र प्रमुख प्रतिपक्षकै अवरोधबीच संसद चलाएर ‘दुनियाँमा सवैभन्दा हरामखोर सभामुख’मा दर्ज हुनुभएका सापकोटाले कानूनको पाठ पढाउनु भएको हो ।

सभामुख सापकोटाले आफ्ना सुप्रिम कमाण्डर पुष्पकमल दाहाल, प्रचण्डको आदेशमा संबिधानअनुसार दलले कार्वाही गरेपछि सांसद पदमुक्त हुने भएपनि एमालेले कार्वाही गरेको १४ सांसदलाई कार्वाहीको सूचना टाँस नगरी संबिधान कानून होइन, १७ हजा मान्छे मार्ने तथाकथित जनयुद्धको कामण्डर प्रचण्डको आदेश माथि भन्दै पदकै धज्जी उडाइरहनु भएको छ ।

उहाँले संविधान र कानुन विपरित एमालेले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको सूचना टाँस गर्नुको सट्टा एमालेले सूचना पठाएको १३ दिन कारबाही नै गर्नु नपर्ने राणकालिन आदेश जारी गर्नुभएको छ । जुन अधिकार सभामुखलाई संविधान र प्रतिनिधि सभा सञ्चालन सम्बन्धि कुनै कानुनले दिएको छैन ।

तर हत्याको आरोप लागेका ब्यक्ति भएकै कारण संबिधानकै हत्या गरेर सापकोटा नग्न रुपमा प्रस्तुत हुनुभएको छ । एमाले फुटाउन गठबन्धन सरकारसँग मिलेर सापकोटाले सो काम गर्नुभएको थियो ।

उहाँले एमालेले कारबाही गरेका ती सांसदलाई कारबाही गरेको सूचना टाँस नगरिदिएकै कारण एमाले बिभाजन भएको छ भने सदनसमेत चल्न सकेको छैन । एमाले सांसद्ले सभामुखले संविधान र कानुन विपरित काम गरेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

आफू संविधान अनुसार नचल्ने, संसदको सर्वोच्चता नस्वीकार्ने सभामुख सापकोटा सांसद्लाई भने संविधान र कानुनको पालना गर्न र संसदको सर्वोच्चतालाई स्वीकार्न रुलिङ गरिरहनुभएको छ । जुन रुलिङले सभामुख सापकोटा आफै झनझन नांगेझार बन्दै गइरहनु भएको छ ।

यतिसम्म कि सभामुख सापकोटा सफेद झुट बोल्दै दिउँसै रात पार्ने काम गरिरहनुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा सापकोटाले आफूले सबै काम संविधानको सर्वोच्चता र कानुनको पालनाको लागि गरेको बताउनुभयो ।

एमालेका १४ जना सांसदको कारबाहीको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकोले त्यस विषयमा बोल्न र छलफल गर्न नमिल्ने पाठ सापकोटाले पढाउनु भएको हो ।

जबकि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला उहाँ त्यसको विरुद्ध दैनिक जसो मन्तव्य दिने र परामर्श लिने नाममा राजनीति गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार