Viber Community
Nop Ads

कर बजेटमा: के मा बढ्यो, कसलाई छुट ?

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकले उत्पादनमूलक र रोजगारी दिने उद्योगलाई विषेश प्राथमिकता दिँदै सोहीअनुरूप करमा नयाँ व्यवस्था गरेको छ ।

Viber Community

नेपाल अनलाइन पत्रिका

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकले उत्पादनमूलक र रोजगारी दिने उद्योगलाई विषेश प्राथमिकता दिँदै सोहीअनुरूप करमा नयाँ व्यवस्था गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गरेको संशोधित बजेटले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने मनसायसहित करका दरमा नयाँ व्यवस्था गरेको हो ।

सरकारले केही वस्तुमा करको दर बढाएको छ भने उत्पादनमूलक र ऊर्जा क्षेत्रलाई बजेटमार्फत बम्पर अफर दिएको छ । फलामे डण्डी र मोटरसाइकल आयातमा कर बढाएको छ । यसो गर्दा स्वदेशमै उत्पादन हुने मोटरसाइकल र फलामे डण्डीलाई प्रोत्साहन मिल्ने सरकारको आंकलन छ ।

यस बाहेकका अन्य क्षेत्रले बजेटमार्फत उल्लेख्य छुट पाएका छन् । छुट पाउनेमा ऊर्जा र होटल सामेल छन् । यस्तै, जलविद्युत उत्पादनलाई उल्लेख्य रूपमा बढाउने लक्ष्यसहित सरकारले ऊर्जा क्षेत्रलाई २१ वर्षसम्म आयकर छुट दिने व्यवस्था समेत गरेको छ ।

उत्पादनमूलक उद्योगलाई प्रोत्साहन:

सरकारले बजेटमार्फत रोजगारीमूलक उद्योगलाई विषेश छुटको व्यवस्था गरेको छ । जसमा निर्माण आयोजना, उत्पादनमूलक उद्योग, कृषि र पर्यटन लगायतका उद्योगलाई प्राथमिकतामा राखिएको छ ।

३०० जनाभन्दा बढीलाई रोजगारी दिने र ५० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उत्पादनमूलक उद्योगमा गरिने लगानीलाई प्रोत्साहनको नीति सरकारले लिएको छ । यस्तै, आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन र आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न प्रभावकारी नीति लिने समेत बजेटमार्फत सरकारले घोषणा गरेको छ ।

यसैगरी स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवम् तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापार घाटा न्यूनीकरण गरिने र कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न हुनेगरी वस्तु उत्पादन गर्ने उद्योगलाई स्वदेशी उत्पादन अभियानमा सहभागी गराई आवश्यक प्रोत्साहन गर्ने सरकारी योजना छ ।

यसका साथै, औद्योगिक उत्पादनको लागतलाई कम गरी अन्तरराष्ट्रिय बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन एक उच्चस्तरीय सहजीकरण समिति गठन गर्ने योजनाको परिकल्पना समेत बजेटमा गरिएको छ । लगानीको वातावरणमा थप सुधार गरी वैदेशिक लगानी आकर्षित गर्न र डुइङ्ग बिजनेश इन्डेक्समा सुधार गर्न आवश्यक नीतिगत तथा कानूनी प्रबन्ध गर्ने बजेटमा उल्लेख छ ।

के–के मा छुट ?

प्रतिस्थापन विधेयकले वि.सं. २०८२ सम्म सम्पन्न हुने २०० मेगावाट माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनालाई छुटमाथि छुटको व्यवस्था गरेको छ । सो क्षमताका जलविद्युत आयोजनाले उत्पादन थालेको मितिको पहिलो १५ वर्ष पुरै आयकर छुट पाउनेछन् । यसपछिको बाँकी ६ वर्षसम्म ५० प्रतिशत आयकर छुटको व्यवस्था विधेयकले गरेको छ ।

यसका साथै जलविद्युत आयोजनामा आवश्यक निर्माण उपकरण, प्लान्ट, मेसिनरी÷औजार र सोको पाटपुर्जा तथा पेनस्टक पाइपको आयात महसुल १ प्रतिशतमा ल्याइएको छ ।

पर्यटन उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई लगानीका आधारमा आयकर छुट गर्ने तथा खोप, अक्सिजन ग्याँस तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरु भएदेखि ३ वर्षसम्म सतप्रतिशत र त्यसपछिको २ वर्ष ५० प्रतिशत कर छुट दिने व्यवस्था समेत बजेटमा छ ।

यस्तै, कम्पनी, ऐन २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५÷७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नभएका फर्मलाई समेत कानुनी दायरामा ल्याउन छुटको व्यवस्था गरिएको छ । यस्ता फर्म तथा कम्पनीले २०७६ साल असारसम्मको विवरण तथा नवीकरण शूल्क बुझाएमा शूल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शूल्क तथा जरिवाना मिनाहा गर्ने व्यवस्था छ ।

के–के मा बढ्यो ?

मोटरसाइकल:

सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको कर बढाएको छ । विधेयकमार्फत नेपालमा आयात हुने १२५ सिसीदेखि २०० सिसीसम्मको मोटरसाइकल आयात गर्दाको अन्तःशुल्क ५० प्रतिशत पुर्याएको हो । यसअघि यी मोटरसाइकलमा ४० प्रतिशत कर थियो ।

यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा पनि १० प्रतिशत अन्तःशुल्क बढेको छ । यसअघि यी मोटरसाइकलको अन्तःशुल्क ५० प्रतिशत थियो । जुन, अब ६० प्रतिशत पुगेको छ । यसैगरी, २५० सिसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशत अन्तःशुल्क बढेर ८० प्रतिशत पुगेको छ । यसअघि यसमा ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो ।

यसका साथै, ५०० देखि १००० क्षमताका मोटरसाइकलमा सतप्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । यसअघि ८०० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलमा मात्रै शतप्रतिशत कर लाग्दै आएको थियो । यसरी, विदेशमा निर्मित मोटरसाइकलको अन्तःशुल्क बढाएर स्वदेशमै निर्माण प्लान्ट स्थापना गर्ने लगानीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ ।

फलामे डण्डी:

प्रतिस्थापन विधेयकले फलामे डण्डी तथा अमिश्रित स्पातका लाप्साको भन्सार पनि कर बढाएको छ । यो वस्तुको आयात गर्दा अब आयातकर्ताले प्रति टन दुई हजार २०० रुपैयाँ तिर्नुपर्छ । यसअघि, यो वस्तु आयात गर्दा प्रति टन एक हजार ६५० रुपैयाँ थियो ।

रोल फलामे डण्डीको भन्सार दर समेत प्रतिस्थापन विधेयकमार्फत सरकारले बढाएको छ । विधेयकले यस्तो वस्तु आयात गर्दा प्रति टन दुुई हजार ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि, यो वस्तुको आयात गर्दा प्रति टन १ हजार ६५० रुपैयाँ मात्र तिरे पुग्थ्यो ।

फलामे डण्डी र मोटरसाइकलबाहेक देउवा सरकारले सुर्तीजन्य वस्तुमा पनि कर बढाएको छ । प्रतिस्थापन विधेयकअनुसार विदेशबाट आयात हुने र स्वदेशमा उत्पादन हुने बिँडीमा प्रति खिल्ली ३० पैसा कर बढेको छ । यसबाहेक, चुरोट र सिगारमा प्रति खिल्ली ६० पैसा कर बढेको छ भने सुर्ती, खैनी, गुट्खा, पान र मसला प्रति किलोमा ६० रुपैयाँका दरले कर बढाइएको छ ।

करको दायरा विस्तार:

सरकारले चालू वर्षका बजेटमार्फत करको दायरा समेत विस्तार गरेको छ । चालू वर्षको प्रतिस्थापन विधेयकमार्फत युट्युबरले समेत कर तिर्नुपर्ने व्यवस्था गरिएको हो । व्यवस्थाअनुसार अब व्यवसाय सञ्चालनमा संलग्न नरहेको व्यक्तिले नेपाल बाहिरको सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

जसअनुसार, सामाजिक सञ्जालमा श्रव्यदृश्य सामाग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेमा सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त गरेको रकमको १ प्रतिशतका दरले अग्रिम कर असुल गर्ने सरकारले बताएको छ ।

यसको अर्थ, अब युट्युब, फेसबुक, टिकटक वा अन्य यस्तै सामाजिक सञ्जालबाट कमाउने रकमको कर तिर्नुपर्ने छ । यसअघिसम्म यस्तो कर असुल हुँदैनथ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
भोट माग्न व्यस्त भीम रावल - bhim rawal
00:55
Video thumbnail
एमाले महाधिवेशनको अन्तिम दिन साैराहाकाे चहलपहल
02:12
Video thumbnail
एमालेमा ओलीको डनवाद मात्रै बाँकी छ - gagan thapa
01:57
Video thumbnail
नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा केपी ओलीको सम्बोधन || KP OLI
02:09:11
Video thumbnail
प्रचण्डको घरमा भ्रष्टाचार मात्रै ज्वाईं र बुहारीको रजाइ, घर भित्र छिरेका दुर्गा प्रसाईंले खोले पोल
01:56
Video thumbnail
मन्त्रीले चासो देखाउँदा एजेण्टहरुको ठगिबाट जोगिए बैदेशिक रोजगारीमा जान लागेका युवा
02:33
Video thumbnail
हिन्दी फिल्मको डाइलग प्रसंगमा नेपाललाई ओलीको जवाफ
01:18
Video thumbnail
न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, उपचार कुखुराको अण्डा र दुबोले मन्साएर गर्न खोजिँदैछः ओली
02:03
Video thumbnail
‌ओलीको टिप्पणी : अरुका नाति नातिनीलाई बर्बाद गरिदिने प्रचण्डका दुई नातिनी बेलायत पढ्छन्
01:18
Video thumbnail
ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो - Madhav Kumar Nepal
00:45

सम्बन्धित समाचार

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

देशभरका प्रहरीहरुका लागि निकै ठूलो खुसीको खबर आयो, सबैभन्दा ठूलो फाइदा तल्लो दर्जाकालाई !

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक ९बसई०, वरिष्ठ हबल्दार ९बह० र सहायक हबल्दार ९सह० गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

फिल्म हल नवीकरण मिनाहा गर्ने सरकारको निर्णय, ५० भन्दा बढी हल लाभान्वित हुने

सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरुको नवीकरण मिनाहा गर्ने निर्णय गरेको छ ।

अर्को हप्तादेखि काठमाडौंका तीनै प्रशासन कार्यालयबाट ई-पासपोर्ट

सरकारले अर्को साताबाट काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थाल्ने भएको छ ।

हार्डवेयर गोदाममा आगलागी सिन्धुलीको, करोडौंको क्षति

सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।

प्रधानन्यायाधीश जबरालाई कोभिड निमोनिया, स्वास्थ्य अवस्था ‘स्थिर’

कोरोनाभाइरस संक्रमणपछि बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा देखिएको छ । अहिले उनको अवस्था स्थिर रहेको अस्पतालले बताएको छ ।

ट्रेन्डिङ समाचार

ओलीले सपथ खाए र केन्द्रीय सदस्यलाई खुवाए तर रावल उठेनन्

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ खाएका हुन् ।

‘नैतिक जीत’ भीम रावलको

नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू जितेजसरी प्रस्तुत भए ।

भेटेरै डा. भीम रावलले दिए अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

भीम रावलले हार्ने कन्फर्म भईभई पनि ओलीसँग अन्तिमसम्म भिडिरहनुको रहस्य अर्कै !

भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

हिसिला-बाबुरामको डिभोर्स

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ ।

ताजा समाचार

मत परिणामको म स्वागत गर्छु : घनश्याम भुसालले भने

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन्।

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।

ओलीले चाहेकै जस्तो ‘हार्डलाइनर’ टिम

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ।

फुटबलर बिमलकी प्रेमिका असाध्यै बोल्ड एण्ड ब्युटिफुल छिन्, हेर्नुहोस् ११ तस्बिरमा

नेपाली राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् ।बिमलले शनिबार आफ्नो आधिकारिक फेसबुकमा एक पोष्ट गर्दै आफ्नो प्रेमिकालाई सम्झिएको स्ट्याटस राख्दै नाम उल्लेख गरेका हुन् ।

चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा बोल्ड साम्राज्ञी (फोटो फिचर)

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

यसपाली रित्तो हात फर्किन्नौं : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कांग्रेस चितवनका सभापति श्रेष्ठले भने

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनबाट हालसम्म कांग्रेस केन्द्रीय सदस्यमा कोहीपनि निर्वाचित हुन सकेका छैनन् ।
Home
ताजा समाचार
ट्रेन्डिङ समाचार
Search