उमेर बाउ छोरीको जस्तै, तर नाता श्रीमान श्रीमती भएका ७ जोडी बलिउडका

५२ वर्षीया मिलिन्दले २७ वर्षकी अङ्कितासँग जोडी बाँधेका हुन् । मिलिन्दले आफूभन्दा २५ वर्षले कान्छी अङ्कितनासँग विवाह गरेका हुन्|

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ५२ वर्षीया मिलिन्दले २७ वर्षकी अङ्कितासँग जोडी बाँधेका हुन् । मिलिन्दले आफूभन्दा २५ वर्षले कान्छी अङ्कितनासँग विवाह गरेका हुन्| ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले आफूभन्दा धेरै कान्छीसँग विवाह गरेको भन्ने विषयमा धेरैले प्रश्न पनि उठाएका छन् । तर उमेरमा धेरै अन्तर देखिएको यो बलिउडको पहिलो जोडी भने होइन । बलिउडमा अन्य धेरै स्टार छन्, जसको रियल जोडीको उमेर धेरै अन्तर देख्न पाइन्छ ।

-सैफअली खान र करिना कपुर:

सैफले आफूभन्दा १२ वर्षले जेठी अमृतासँग पहिलो विवाह गरेका थिए । १९९१ मा भएको विवाह २००४ मा टुट्यो । अमृताको तर्फबाट एक छोरी सारा र एक छोरा इब्राहिम रहेका छन् । सैफले १०१२ मा करिना कपुरसँग दोस्रो विवाह गरे । करिनाको तर्फबाट एक छोरा तैमुर छन् । करिना र सैफको उमेर अन्तार १२ वर्ष रहेको छ ।
-धमेन्द्र र हेमा मालिनी

धमेन्द्रले पहिलो विवाह प्रकाश कौरसँग गरेका थिए । पछि उनले धर्म परिवर्तन गरेर हेमासँग विवाह गरे । १९८० मा उनले हेमासँग विवाह गरेका थिए । विवाहको समय यी दुवैको उमेर अन्तर १३ वर्ष थियो । पहिलो पत्नीबाट उनको दुई छोरा सन्नी र बब्बी देओल र दुई छोरी विजेता र अजिता रहेका छन् भने हेमाबाट २ छोरी ईशा र अहाना छन् ।

-संजय दत्त र मान्यता दत्त:

संजयले पहिलो विवाह ऋचा शर्मासँग गरेका थिए । १९८७ मा विवाह भएको थियो । तर १९९६ मा ऋचाको ब्रेन ट्युमरका कारण मृत्यु भयो । त्यसपछि संजयले रिया पिल्लईसँग १९९८ मा दोस्रो विवाह गरे । यो विवाह पनि लामो समय टिक्न सकेन । उनले २००८ मा मान्यतासँग तेस्रो विवाह गरे । संजय र मान्यतामा २० वर्षको उमेर अन्तर रहेको छ ।
-साहिद कपुर र मिरा राजपुत

साहिदले २०१५ मा मिरासँग विवाह गरेका थिए । दुवैको एकछोरी मिसा छिन् । मिरा उमेरले साहिद भन्दा १३ वर्षले कान्छी रहेकी छन् ।

-आमिर खान र किरण राव:

आमिरले १९८६ मा घरबाट भागेर रीनासँग विवाह गरेका थिए । १६ वर्षपछि दुवैको डिभोर्स भयो । २००५ मा अमिरले किरण रावसँग दोस्रो विवाह गरे । ८ वर्षको उमेर अन्तर रहेको यी दुईका अहिले दुई बच्चा रहेका छन् ।
-रितेश देशमुख र जेनेलिया डिसुजा

यी दुवैको विवाह २०१२ मा भएको थियो । ९ वर्षको उमेर अन्तर रहेको यो जोडीको दुई बच्चा रहेका छन् ।

-सायरा बानो र दिलिप कुमार:

दिलिपले १९६६ मा सायरासँग विवाह गरेका थिए । यी दुवैको उमेर अन्तर २२ वर्षको थियो । सायरालाई डिभोर्स नदिँदै दिलिपले १९८१ मा आसमा रहमानसँग विवाह गरे । तर आसमा अहिले उनीसँग छैनन् । उनी अहिले सायरासँग नै रहँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार