ओलीले भने- ‘सुदूरपश्चिम इन्चार्ज दिन सक्दिनँ’ भीम रावल घर न घाटको

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। पार्टी विभाजनपछि पनि नेकपा एमालेभित्रको विवाद समाधान हुन नसकेपछि खटपट सुरु भएको छ । एमाले विभाजन नहुँदै पार्टी एकता कायम राख्ने भन्दै दोस्रो तहका नेताले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव अघि सारेका थिए । तर, उक्त प्रस्ताव कार्यान्वयन नभएपछि एमालेमा पुनः खटपट सुरु भएको हो ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रतिवद्धता जनाउनुभएकाे थियाे । तर, ओलीले अहिले जेठ २ जस्ताको तस्तै लागू नहुने स्पष्ट पार्नुभएकाे छ । आइतबार ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा उहाँले जेठ २ जस्ताको तस्तै लागू स्पष्ट पार्नुभएको हो । ओलीले नेताहरुकाबीचमा प्रस्ट भन्नुभयो, ‘जेठ २ जस्ताको तस्तै लागु हुँदैन । यसमा प्रस्ट हुनुस् ।’

ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने पनि बताउनुभएको थियो । भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुनः आफूले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान लिनुभएको थियो । रावलले भन्नुभएको थियो- ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बाेलानुभएकाे थियाे । उक्त छलफमा ओलीले रावलको भनाइप्रति असहमति जनाउँदै भन्नुभयो– ‘ एमालेले कार्यविभाजन गरेर तोकेको जिम्मेवारी परिवर्तन हुँदैन ।’

ओलीले रावललाई एमालेको सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नै सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न आग्रह गर्नुभएको थियो । भट्टलाई गत फागुन २३ पछि एमाले सुदुरपश्चिम इन्चार्ज तोकेको थियो । त्यसबेला रावल माधव नेपाल समुहमा हुनुहुन्थ्यो । माधव नेपाल सहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन ओलीसँगै बस्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका रावललाई सुदूरपश्चिको इन्चार्ज नबनाएपछि घर न घाटको जस्तै बन्नुभएको छ । यता, प्रदेशसभाबाट पनि रावल एक्लिनुभएको छ । अध्यक्ष ओलीकै कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि रावल घर न घाटको जस्तै बन्नुभएको हो ।

रावल आफ्नै गृह नगरमा समेत एक्लिनु भएको छ । एमालेबाट निर्वाचित साँफे नगरपालिकाका प्रमुख कुलबहादुर कुवँर र उपप्रमुख बिमलादेवी बुढ्थापाले समेत नेकपा एकीकृत समाजवादी रोजेका छन् । अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले पनि एकीकृत समाजवादी रोजिसकेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादी १४ जना प्रदेश सांसद सहित सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले पहिलो दलबाट चौथोमा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार