बाच्न सफल भएका बुवाको बयान यस्तो ,त्यो दिन के भएको थियो संखुवासभा ह’त्या’का’ण्ड

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्र’क’रण रहस्यमयी बन्दै गएको छ । घटना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

ह’त्या प्र’क’रण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन् । घटनाको थप अनुसन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको थप अध्ययनका लागि बिसीलाई घटनास्थल पुगेको बताए ।

प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको र अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म ह’त्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि अनुसन्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दाबी छ ।

ह’त्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिव ४० जना प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् । अनुसन्धानका क्रममा मृतकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घटनास्थल आइपुगेको हो ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ त्या भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार