“एमाले नआए पनि बैठक रोकिदैन, नआउनु भनेको निहुँ खोज्नु हो ” सभामुखको सचिवालय

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमाले नआए पनि सर्वदलीय बैठक बस्ने जनाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई टेलिफोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी गराएका बेला सभामुखको सचिवालयले एमाले नआउँदैमा बैठक नरोकिने स्पष्ट पारेको हो ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले एमाले उपस्थित नभए पनि बैठक बस्ने जानकारी दिए । ‘उहाँहरु नआए पनि बैठक बस्छ । तर अझै समय छ । कोही आउँछन् होला,’ उनले भने । सभामुखको सचिवालयका एक सदस्यले आफैं सदन सञ्चालन गर्न सभामुखले प्रतिपक्षसँग सम्वाद गरेन भन्ने अनि बोलाएको बैठकमा पनि नआउने भनेर एमालेले जहाँबाट पनि निहुँ खोज्ने काम गरेको गुनासो गरे ।

‘सम्वाद भएन भन्ने सम्वादमा पनि नआउने उल्टो उल्टो कुरा गर्न पाइएन । संसद सञ्चालनका लागि सम्वाद भएन भनेपछि हिजो पनि सम्वाद गरियो । आज सर्वपक्षीय छलफलमा नआउने भनेपछि त्यो भन्दा घोर अप्रजातान्त्रिक केही हुन्छ र ?’ उनले प्रश्न गरे ।

एमालेले निकास नै नचाहेको उनको आरोप छ । ‘उहाँहरुले हिजो पनि त्यहीँ गर्न खोज्नुभयो आज पनि त्यहीँ गर्न खोज्नुभयो भने निकास त दिँदैन । वादविवाद भएपछि सम्वाद गर्नुपर्छ । बैठक बोलाउँदा आउनुहुन्न भने उहाँहरुले निकास चाहनुहुन्न निहुँ खोजिरहनुपर्छ भन्ने देखिन्छ,’ उनले भने ।न्युज कारखाना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार