खानाको बिल पठाइयो विवाहमा नआउनेलाई

सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। सिकागोका एक नवविवाहित जोडी सोसल मिडियामा एकाएक चर्चामा आएका छन् । उनीहरु चर्चामा आउनुको कारण भने निकै रोचक छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यी जोडीले आफ्नो विवाहमा सरिक नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन् । खानाको बिलको फोटो उनीहरुले सोसल मिडियामा पोस्ट गरेका थिए ।

४४ वर्षका डो सिमोन्स, ४३ वर्षकी डेड्रा म्याकगीले जमाइकाको रोयल्टन नेग्रिल रिसोर्ट र स्पामा आयोजित भव्य विवाह पार्टीका लागि १०९ जना पाहुनालाई आमन्त्रण गरेका थिए ।

कतिले विवाहमा कुनै पनि हालतमा सरिक हुने पक्कापक्की गरेका थिए तर विवाहका दिन भने सरिक भएनन् । नवविवाहित जोडीलाई यो कुराले निकै रुष्ट बनायो तसर्थ अनुपस्थितहरुको खानाको बिल बनाउने निधो गरे ।

फेसबुकमा पोस्ट गरिएको एक बिलको नमूना अनुसार विवाहमा सरिक नभएका एकजना आमन्त्रितले १२० डलर तिर्नुपर्ने र दुईजना भएको खण्डमा २४० डलर तिर्नुपर्ने छ ।

‘यहाँ तोकिएको रकम तपाईंहरुको व्यक्तिगत सीटका लागि हो । किनभने तपाईंहरुले आफ्नो अनुपस्थितिका लागि न त फोन गर्नुभयो न उचित सूचना प्रदान गर्नुभयो । यो रकम हामीले तपाईंको सीटका लागि गरेको अग्रिम भुक्तानी हो ।

तपाईंहरुले हामीलाई जेले र पेपालमार्फत् भुक्तानी गर्न सक्नुहुन्छ । तपाईंहरुलाई के सहज हुन्छ, त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला । धन्यवाद,’ उक्त बिलमा भनिएको छ ।

यो बिल फेसबुकमा पोस्ट गर्दै डो साइमन्सले लेखे, ‘तपाईंले यस्तो बिल पाउनु भयो भने अपमानित महसुस नगर्नुहोस् । मैले यो बिल इमेलमार्फत् पठाउनेछु । ’

अडिटीसेन्ट्रल अनुुसार सानो व्यवसायका सञ्चालक साइमन्सले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘हामीले चारपटक सम्म पनि सोध्यौं, ‘तपाईंहरु आउनुहुन्छ नि, आउन सक्नुहुन्छ नि ?’ उहाँहरुले आउँछौं भनिरहनु भयो । हामीले जमाइकाका लागि अग्रिम भुक्तानी गर्नुपर्यो । यो एक डेस्टिनेसन वेडिङ थियो । ’

‘कसैले पनि ‘हेर हामी त आउन सक्दैनौं’ भनेर केही भनेनन्, न एउटा मेसेज नै छोडे । हामीले त्यति मात्रै चाहेका थियौं । केही नभन्ने अनि विवाहमा पनि नआउँदा, हामीले उनीहरु र उनीहरुको पार्टनरका लागि पनि भुक्तानी गर्नुपर्यो । चारजना आठजना हुन्छन् । मैले यसलाई नीजि रुपमा लिएँ ।’

यो रोचक बिलले सोसल मिडियामा मानिसलाई दुई समूह बाँड्यो । कतिले उनीहरुको तारिफ गरेका छन् भने कतिले उनीहरुको आलोचना पनि गरेका छन् ।

साइमन्सले पछि आफ्नो फेसबुकमा यस्तै समस्यासँग जुध्ने धेरैले आफूलाई समर्थन गरेको र आफ्नो भयानक अनुभव साझा गरेको पनि जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार