प्रचण्ड: आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता लागेको छ ?

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १/२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताए।

आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे मनन गरिदिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गरे।

‘कहिलेकाँही मलाई पनि यस्तै हुँदो रहेछ। १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि? माओले भनेजस्तै ‘म एक्लो हुँ,’ भन्नुपर्ने हो कि? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के। तपाईहरु यो पनि चिन्तन,मनन गरिदिनुहोला। नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाका सन्दर्भमा यो रोग के हो? पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो? यो व्यक्तिगत कुरा हो र? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र? ’ उनले भने।

अध्यक्ष दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका ईतिहासहरुको सही समिक्षा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढन चाहेको पनि पटकपटक दोहोर्‍याए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार