कूटनीतिक नोट’ सधैं गुपचुप, किन आउँदैन भारतबाट जवाफ ?

विगतका घटनामा जस्तै सरकारले पठाएको कूटनीतिक नोटको यसपटक पनि भारतले बेवास्ता गरेको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। विगतका घटनामा जस्तै सरकारले पठाएको कूटनीतिक नोटको यसपटक पनि भारतले बेवास्ता गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

दुई महिनाअघि दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको जयसिंह धामी र नेपाली भूमिमा नेपाली प्रशासनको अनुमतिबिना हेलिकोप्टर उडाएको विषयमा भारतलाई ‘कूटनीतिक नोट’ पठाएको एक साता बित्यो । भारतले सो विषयमा कुनै जवाफ पठाएको छैन ।

दार्चुलाको व्यास गाउँपालिकाका स्थानीय जयसिंह धामी तुइनबाट खसेर नदीमा बेपत्ता भएपछि सरकारले अनुसन्धान गर्ने भन्दै डेढ महिनासम्म बितायो ।

यसबीचमा सरकारले घटनाको विषयमा कुनै जवाफ माग्ने कोसिस गरेन । बरु सरकारले अनुसन्धान भइरहेकाले केही समय कुर्न सर्वसाधारणसँग अनुरोध गर्यो । भारतको विषयमा गृह मन्त्रालयले कुनै प्रतिक्रिया नजनाउनसमेत विज्ञप्ति जारी गरेको थियो ।

दार्चुला घटनाको विषयमा सर्वसाधारणबाट सरकारको तीव्र आलोचना भएपछि गृह मन्त्रालयका सहसचिव नेतृत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिको प्रतिवेदनको आधारमा ३८ दिनपछि भारतलाई कूटनीतिक नोट पठाएको थियो ।

यसबीचमा दार्चुला घटनासँगै नेपाली भूमिमा अनुमतिबिना हेलिकोप्टर उडाएको विषयमा सरकार मौन थियो । दुबै विषयलाई समेटेर परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको एक साताभन्दा बढी समय बित्दा पनि कुनै प्रतिक्रिया जनाएको छैन ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले भारतबाट कूटनीतिक नोटको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको जानकारी दिनुभयो । दार्चुला घटना र नेपाली भूमिमा हेलिकोप्टर उडाएको विषयमा सरकारले भारतस्थित नेपाली दूतावासमार्फत जानकारी गराउन सक्थ्यो । तर, लामो समयसम्म सो विषयलाई सरकार अनुसन्धानको नाममामा मौन बसेको थियो ।

गृह मन्त्रालयका सहसचिव नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक नोटको विषयमा अहिलेसम्म आधिकारिक धारणा नआए पनि परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ । ‘भारतलाई पठाएको कूटनीतिक नोटबारे अहिलेसम्म कुनै जानकारी आएको छैन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भन्नुभयो ।

भारतले छिमेकी देश नेपालको कूटनीतिक नोट उपेक्षा गरेको अहिले मात्र होइन । यसअघि नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय राजीतिक नक्सामा समेटिएपछि नेपालले २० कात्तिक ०७६ मा सोबारे कूटनीतिक नोट पठाएको थियो । सोबारेमा भारतले कुनै जवाफ दिएको छैन । बरु लिम्पियाधुरा र लिपुलेक आफ्नो भन्दै दाबी गर्दै आएको छ ।

कूटनीतिक नोटको जवाफ पठाउनुको साटो नेपाली भूमिमा पसेर २६ वैशाख ०७७ मा भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गर्यो ।

जसको नेपालमा जनस्तरबाटै भारतको तीव्र विरोध भयो । यसबीचमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भारततर्फ इंगित गर्दै नेपाली भूमि फिर्ता ल्याइने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीको घोषणाबाट चिढिएको भारतले नेपालसँग करिब ६ महिना कुनै संवाद गर्न चाहेन ।

प्रधानमन्त्री ओलीले नै भारतको स्वतन्त्रता दिवसको दिन पारेर भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएपछि संवाद सुरु भएको थियो ।

नेपालले २ जेठ ०७७ मा नीति तथा कार्यक्रममा नेपाली भूमि लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा भयो । ५ जेठमा मन्त्रिपरिषद्बाट नयाँ राजनीतिक नक्सा जारी गर्ने निर्णय भयो । सो निर्णय ३१ साउन ०७७ मा संसद्बाट सर्वसम्मतले पारित भएसँगै संविधान संशोधन भयो । संसद्बाट भएको उक्त संशोधन ४ असार ०७७ मा राष्ट्रपतिले अनुमोदन गर्नुभयो ।

नयाँ राजनीतिक नक्साबाट भारत थप चिढियो । भारतका मिडियाले नेपालका प्रधानमन्त्री ओलीविरुद्ध र नेपालविरुद्ध अनर्गल प्रचार गरे । यसबीचमा तत्कालीन ओली सरकारले भारतलाई वार्ता र संवादबाट अगाडि बढ्न भारतलाई कूटनीतिक नोट पठायो ।

तर भारतले कुनै जवाफ पठाएन । नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतसँग सो विषयमा वार्ताका लागि तीनपटक कूटनीतिक नोट पठाएको थियो । तर कुनै पनि नोटको जवाफ भारतले पठाएन । बरु नेपालसँगको सम्बन्धमा चिसोपन आयो । कूटनीतिक छलफल गर्न तयार नभएको भारतसँग तत्कालीन प्रधानमन्त्री ओलीले संवादको प्रक्रिया अगाडि बढाउनुभयो ।

भारतसँगको संवादपछि तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा वार्ताको वातावरण मिलाउन जानुभएको थियो ।

कूटनीतिक नोटको उपेक्षा अहिले मात्रै होइन, भारतले ६ वर्षअघिदेखि गर्दै आएको छ । ०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुँदा भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारत सहमत भएको समाचार आएपछि दुवै मुलुकसँग सरकारले प्रतिक्रिया मागेको थियो । चीनले कूटनीतिक नोटको जवाफ पठाए पनि भारतले भने कुनै जवाफ पठाएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार