नेत्रविक्रम चन्द ” एमसीसी नेपालको स्वाधीनताको विरुद्धमा छ “

‘एमसीसी जबरजस्ती लाद्ने काम हुँदैछ । हामीले पनि पढेका छौँ । सबै पढेका छौँ । हामीले प्रतिबन्धित अवस्थामा पनि एमसीसीको विरोध गरेका थियौँ,’ चन्दले भनेका छन्, ‘हाम्रो मुटमा सुन्दर नेपाल बचाउने सपना छ, त्यसका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ ।’

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा रहेको बताएका छन् । सोमबार एमसीसीको विरोधमा काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै उनले नेपालको संसदबाट एमसीसी पास गर्न नहुने र त्यस्तो गर्न नदिने बताए ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘यो कुनै लुकाईछिपाईको कुरा छैन । एमसीसी नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा छ । एमसीसीमा थुप्रै बुँदाहरु छन् । जसले हाम्रो संविधान र स्वाधीनतामाथि हो भनेर पुष्टि गर्छन्,’ उनले भने, ‘हामी यो संविधानमा सहमति जनाउदैनौँ । तर, एमसीसीमै लेखिएको छ, एमसीसी सम्झौता र नेपालको कानुन बाझिएको अवस्थामा एमसीसी लागू हुनेछ भनेर । अब तपाईंहरु नै भन्नुस्, एमसीसी कसको हितमा छ ?’

उनले अमेरिकाले आफ्नो राष्ट्रियताको सुरक्षाको निम्ति नेपाललाई एमसीसीमार्फत अनुदान दिन लागेको बताए । ‘एमसीसी जबरजस्ती लाद्ने काम हुँदैछ । हामीले पनि पढेका छौँ । सबै पढेका छौँ । हामीले प्रतिबन्धित अवस्थामा पनि एमसीसीको विरोध गरेका थियौँ,’ चन्दले भनेका छन्, ‘हाम्रो मुटमा सुन्दर नेपाल बचाउने सपना छ, त्यसका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ ।’

चन्दसँग हतियार छन् भनेर प्रश्न गर्ने गरिएको भन्दै उनले आफूसँग अब आधुनिक हतियारभन्दा शक्तिशाली हतियार रहेको बताए । ‘हामीसँग आधुनिक बन्दुक छैन । हामीसँग ठूलाठूला बमबारुदहरु छैन । अब बन्दुकको कुरा नगर्नुस्,’ उनले भने, ‘हामीसँग नेपालका आमाहरु छन्, आमा बन्दुकभन्दा शक्तिशाली छिन् । हामीसँग दाजुभाईहरु छन्, तिनको ताकत बन्दुकभन्दा शक्तिशाली छ । हामीसँग लाखौँ जनता छन्, जनताको तागत कुनैपनि बम र बारुदभन्दा ठूलो शक्ति जनतासँग हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार