को -को बने मन्त्री ,गठबन्धन फुट्ने हल्लाका बीच मन्त्रिपरिषद् विस्तार

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। गठबन्धन फ्ट्ने हल्ला चलिरहेका बेला सबैलाई चकित पार्दै सहमती भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार नयाँ मन्त्री नियुक्त गर्ने गरी सत्तारुढ गठबन्धनका दलहरू अन्तिम तयारीमा लागेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ं नेपालले मन्त्रिपरिषद् विस्तारका लागि बिहीबार बिहानैदेखि छलफल चलाएका छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा बिहीबार सत्तारुढ गठबन्धनका २ छुट्टाछुट्टै बैठक बसेका छन् ।बिहानदेखि मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढका शीर्ष नेता बैठकमा सहभागी भएका थिए। जसपाका अध्यक्ष उपेन्द्र यादवको निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ।

त्यसपछि अपराह्न पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रचण्ड, नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच समेत छलफल भएको छ। बालुवाटारको बैठकमा जसपाका अध्यक्ष यादव अनुपस्थित रहेका थिए ।छलफलमा चाँडै नै सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको नेकपा एसका नेता मेटमणि चौधरीले बताए।

भरसक भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सहमति छ।नभए भदौ २८ गते सर्वोच्च अदालतको निर्णय आएपछि सरकार पूर्ण हुनेछ उनले भने।गठबन्धनका नेताहरूबीच एकैचरणमा सरकारलाई पूर्णता दिन नसकिएपनि २ चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको स्रोतले जनाएको छ। एमालेले तत्कालीन एमालेका १४ जना सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ।रिटको सुनुवाइ भदौ २८ गते तोकिएको छ।कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार