भारतमा देखिएको निपाह भाइरस संक्रामक बन्दै

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान गएको थियो ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

नेपालमा पनि यसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजना अघि बढाएको जनाएको छ । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सबै अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

नेपालमा जोखिम कति ? तुलनात्मक रुपमा कुनै रोग भारतमा फैलन सुरु भए पश्चात नै नेपालमा त्यो रोगको जोखिम रहेको बताइन्छ । पछिल्लो साता भारतमा निपाह भाइरसको संक्रमण फैंलदै जान थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसको जोखिमबारे सचेत गराएको हो । स्वाथ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यो भाइरस अहिलेसम्म नेपालमा देखा नपरेको भए पनि सतर्कता आवश्यक रहेको बताउनुभयो ।

यो रोग विशेषगरी चमेरा र बङ्गुरबाट सर्ने भएकाले भारतबाट चमेराहरु बसाई सरी आउन सक्ने भएकाले नेपालमा यसको जोखिम रहेको अधिकारीको भनाइ छ । यस्तै संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले काठमाडौको नारायणहिटी दरबार छेउछाउमै अत्याधिक चमेराहरुको बसोबास रहेकाले पनि यसको जोखिम बढी रहेको बताउनुभयो । “हाम्रो समुदायमा कतिपय व्यक्तिहरुले फलफूलहरु नधोई खाने र बङ्गुरको व्यवसायिक पालन नै गर्ने देखिएकाले पनि यस्को जोखिम बढी छ” उहाँले भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार