सरकारलाई दिएको समर्थन फिर्ता लिए माधब नेपालले, यी मन्त्रीको चल्यो रुवाबासी

नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश १ सरकारलाई आफ्नो दलको समर्थन नरहेको बताएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

 

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश १ सरकारलाई आफ्नो दलको समर्थन नरहेको बताएको छ । सोमबार प्रदेशसभा सचिवालयमा संसदीय दल गठन भएको औपचारिक जानकारी गराउँदै प्रदेश सरकारलाई समर्थन नरहेको पनि जानकारी दिएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै मुख्यमन्त्री आचार्यलाई समर्थन नगर्ने निर्णय गरेको थियो । सो दलले भोजपुरबाट निर्वाचित सांसद राजेन्द्र राईलाई दलको नेतासमेत चयन गरेको छ ।

एमाले विभाजनको एक दिनपछि गत भदौ १० गते एमाले सचिव भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री आचार्य राजनीतिक रुपमा अल्पमतमा परेपछि दल विभाजन भएको जानकारी भदौ २५ गतेमात्र प्रदेशसभा सचिवालयमा दर्ता भएकोले असोज २३ वा २४ गतेमात्र विश्वासको मत लिने तयारीमा रहेका छन् ।

प्रदेश १ मा नेकपा एमालेका ५१ सांसद थिए । पार्टी विभाजन हुँदा १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि नेकपा एमालेले बहुमत गुमाएको हो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १५, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीको तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक जना गरी ५० जना पुगेका छन् भने नेकपा एमालेसँग ४१ सांसद छन् ।

यसै गरि , एमसीसी सम्झौता पारित गराउन लबिङ गर्नका लागि ४ दिने भ्रमणमा नेपाल आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमार फर्किएपछि नेपालस्थित अमेरिकी दूतावासले यसबारे धारणा सार्वजनिक गर्दै नेपालले यो सम्झौता पारित गर्नेतर्फ सकारात्मक कदम चालेको बताएको छ । सुमारसहितको टोली ५०० मिलियन डलरको एमसीसी सम्झौता नेपालको संसदबार पास गराउनका लागि वातावरण बनाउन नेपाल आएको थियो ।

भ्रमणपछि सुमारले नेपाल आएपछि यहाँका राजनैतिक नेताहरु, नागरिक समाज र व्यवसायिक क्षेत्रसँग निकै उत्पादनमूलक छलफल भएको बताएको दूतावासले जनाएको छ । उनले नेपालमा एमसीसी सम्झौताबारे गलत सूचना फैलाउने अभियान नै चलाइएकोमा आफ्नो भ्रमणमा त्यसबारे प्रस्ट पारिएको र अब नेपाल सरकारले यो सम्झौतालाई संसदबाट पारित गराउनेमा आफू आशावादी रहेको बताएकी छिन् ।

नेपाल सरकारले एमसीसी सम्झौतामा ४ वर्षअघि हस्ताक्षर गरेको थियो । यो सम्झौतापछि गरिने विकास कार्यमा नेपाल सरकारले पनि थप १३० मिलियन डलर लगानी गर्ने बताइएको छ ।

यसबाट नेपालमा उर्जा र सडकका क्षेत्रमा २ ठूला परियोजना संचालन गरिनेछन् । उर्जातर्फ नेपालको पूर्व पश्चिम तथा भारतसँग क्रस बोर्डर ४०० केभी प्रसारण लाइन बनाउनेमा यो परियोजना केन्द्रित हुने बताइएको छ । यो प्रसारण लाइन लगभग ३०० किलोमिटर लामो हुनेछ ।

यसै गरि, बाराको निजगढस्थित एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद भएको छ । ‘तारा इन’ होटलबाट प्रहरीले ५ जना नक्कली नोटका कारोबारीलाई पक्राउ गर्ने क्रममा ९३ लाख रुपैयाँ नक्कली नोट बरामद गरेको प्रहरी स्रोतको दाबी छ । उक्त गिरोहकै अर्का एक सदस्यलाई भने रौतहटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रौतहटमा भने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित एक जनालाई पक्राउ गरिएको थियो । होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले बिशेष व्युरोको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

उक्त गिरोहले झन्डै ९३ लाख नक्कली रकम बरामद गरेको भएपनि बाहिर सूचना दिइएको छैन । ‘बारामा नक्कली नोट बरामद भएको बारे केही जानकारी आएको छ’, प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पुष्टि गरेका छन् । तर प्रहरी अहिलेसम्म अनुसन्धानमै रहेका कारण केही खुलाउन चाहेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार