तालिवानका प्रवक्ताले दुनियालाई नै बताइदिए अमेरिकी सेनाको गम्भीर कमजोरी, झस्किए बाइडेन !

तालिवान प्रवक्त्ता जाबिहुल्लाह मुजाहिदले दुई दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुस्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तालिवान प्रवक्त्ता जाबिहुल्लाह मुजाहिदले दुई दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुस्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई ‘भूतजस्तै’ सोचेको भन्दै उनले अमेरिकी सेनामाथि व्यंग्य गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको नाउसेरास्थित हक्कानी विश्वविद्यालयमा अध्ययन गरेको बताए । उनले अध्ययन गरेको पाठशाालालाई ‘तालिवानको विश्वविद्यालय’समेत भनिन्छ ।

‘अमेरिका र अफगान फौजले मेरो अस्थित्व छ भनेर कहिल्यै सोचेन,’ पाकिस्तानको दी एस्सप्रेस ट्रिब्युनलाई दिएको एक अन्र्तवार्तामा उनले भनेका छन् ।

अमेरिकाले गरेको छापा र हमलाबाट आफू धेरै पटक बचेको उनले खुलासा गरेका छन् । ‘उनीहरुको छापा र पक्राउ प्रयासबाट म धेरै पटक जोगिए । अमेरिकीको दिमागमा जाबुहिल्ला मान्छे भन्दा पनि अर्कै प्राणी हो भन्ने थियो । ’ उनले भने ।

आफू अफगानिस्तानमा स्वतन्त्र ढंगले हिँडडुल गरेको उनले बताए । ‘म लामो समय राजधानी काबुलमा सबैको नाकै अगाडि बसेको थिए । म आनन्दले देशभर घुम्थे । युद्धको गोप्य र पहिलो सूचना पाउँथे । ’ उनले भने । ४३ वर्षे मुजाहिदले द्वन्द्व अवधिभर आफ्नो अनुहार सार्वजनिक गरेनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार