यसरी टाट पल्टिए छोरीको विवाहमा ८ अबै खर्च गरेर विश्व चर्चित भएका ब्यापारी

छोरीको विवाहमा झण्डै ८ अर्व खर्च गरेर विश्वभर चिनिएका ब्यापारी फेरी अर्को कारणले विश्वभर चर्चित भएका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। छोरीको विवाहमा झण्डै ८ अर्व खर्च गरेर विश्वभर चिनिएका ब्यापारी फेरी अर्को कारणले विश्वभर चर्चित भएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यस पटक भने उनी टाट पल्टने सबैभन्दा ठूला ब्यापारीका नामले चर्चित भएका छन् । केही वर्ष अघि उनले आफ्नो छोरीको विवाहमा झण्डै ८ अर्व रुपैया खर्च गरेका छन् ।

बेलायतमा रहेर व्यवसाय गर्ने भारतीय व्यापारी प्रमोद मित्तलको यस्तो अवस्था आएको हो । उनी अब बेलायतकै सबैभन्दा ठूला टाट पल्टिने व्यापारी बन्ने भएका छन् ।

बेलायटका स्टिल टाइकून व्यापारी लक्षी मित्तलका भाइ प्रमोद मित्तलमाथि २।५ बिलियन पाउण्ड (३ अर्ब ८७ खर्ब नेपाली रुपैयाँ) बराबर ऋण रहेको खुलेको छ ।

उनी अहिले बेलायतमा टाट पल्टीने सबैभन्दा ठूलो ब्यापारी भनेर उल्लेख गरिएको छ । उनले आफ्नी छोरीको बिहेमा ५० मिलियन पाउण्ड अर्थात झण्डै ८ अर्ब नेपाली रुपैयाँ खर्च गरेका थिए ।

बेलायतको द टाइम म्यागजिनलाई उद्धृत गर्दै बिजनेस टुडेले लेखेअनुसार प्रमोद मित्तलले अहिले आफूसँग कुनै आय नभएको बताएका छन् । उनका अनुसार उनीसँग अहिले सम्पत्तिको नाममा १ लाख १० हजार पाउण्ड बराबरका सामानहरु छन् । उनको नाममा ४५ पाउण्ड मूल्यको मात्र सम्पत्ति छ जुन भारतको दिल्ली नजिकै छ ।

उनका अनुसार उनले आफ्ना ९४ वर्षका पितासँग १७० मिलियन पाउण्ड, श्रीमती संगीतासँग १।१ मिलियन पाउण्ड, आफ्ना ३० वर्षीय छोरासँग २।४ मिलियन पाउण्ड र आफ्ना बहिनी ज्वाइँ अमित लोहियासँग १।१ मिलियन पाउण्ड ऋण लिएका छन् जुन तिर्न बाँकी छ ।

उनले बोस्नियाको कोक निर्माता कम्पनी गिकिलको लागि ऋण लिने क्रममा ग्यारेन्टी बसेका कारण यस्तो अवस्था आएको हो । १४ वर्ष अघि उनी सो कम्पनीका लागि ग्यारेन्टी बसेका थिए ।

तर सो कम्पनीले ऋण तिर्न नसकेपछि मित्तलका अप्ठेरो दिन सुरु भएको हो । उनको कम्पनी ग्लोबल स्टिल होल्डिङसले गिकिलको लागि ग्यारेन्टी बसिदिएको थियो । पछि गिकिल नै टाट पल्टिएका कारण मित्तलको पनि सम्पत्ती सकिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार