नेपालको अमेरिकामाथि ऐतिहासिक जित

कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

nepal vs america

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा गर्‍यो । कुशलले आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा ९३ बल खेली ३ चौका र ३ छक्का प्रहार गरे । रोहितले ८७ बलको इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर आसिफ शेख २३, कप्तान ज्ञानेन्द्र मल्ल १७, कुशल मल्ल १ र विनोद भण्डारी ३७ रनमा आउट भए । विनोदले ४८ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अमेरिकाका निसर्ग पटेल र नोसठुग केनजिगेले २–२ विकेट लिए ।

यसअघि मोनाङ्क पटेलले शतक बनाएपछि टस जितेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको थियो । अमेरिकाले ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा ९ विकेट गुमाई २ सय ३० रन बनाएको थियो ।

पटेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएका हुन् । उनी ठयाक्कै एक सय रनमा आउट भए । १ सय १४ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरेका हुन् । निसर्ग पटेल २१ रनमा आउट भए । कप्तान सौरभ नेत्रभाल्कर ११ बलमा १३ रन बनाई अविजित रहे ।

नेपालबाट विक्रम सोब, सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिए । विक्रमले ६ ओभरमा ३३, सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ र सुशनले १० ओभरमा ३१ रन खर्चे । कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । अमेरिकाका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

लिग २ को पछिल्लो शृंखला २०२० को फेब्रुअरीमा काठमाडौंमा हुँदा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै न्यून स्कोर पनि हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकामाथि नेपालले लगातार तेस्रो पटक जित हात पारेको हो ।

सहभागी सात टोलीमा छैटौं स्थानमा रहेको नेपालले मंगलबार आयोजक ओमानसँग खेल्दै छ । पपुवा न्यु गिनीविरुद्धको दुई एकदिवसीय अन्तर्राष्ट्रियमा विजय हात पार्दा नेपालले दोस्रो खेलमा उतारेको टोलीलाई नै खेलाएको थियो ।

लिग २ विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्ने छन् । शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् । नेपालले यो एक साता लिग २ का यही शीर्षस्थ टोलीसँग ओमानको मस्कटमा चार खेल खेल्ने छ ।

नेपाल जितका बाबजुद ६ अंकसहित छैटौं स्थानमा यथावत छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार