साउथ हिरोईन सामन्था डि,भोर्सको तयारीमा

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। क्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यको वैवाहिक सम्बन्ध संकटमा परेको छ ।उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए । यो जोडी दक्षिण भारतीय फिल्मको सुन्दर जोडीका रुपमा परिचित छन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन् । यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको बताइएको छ ।नागा सामन्थाले केही समयका लागि फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने चाहन्छन् । तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले उनी तत्काल फिल्म छोड्न चाहँदिनन् ।उनीहरुले आफूहरुबीचको मतभेदलाई समाधान गर्न म्यारिज काउन्सलरसँग भेट गरेको खुल्नमा आएको छ ।

उनीहरुको सम्बन्धविच्छेद हुन लागेको खबर केही समय यता चलिरहे पनि यद्यपि अक्किनेनी परिवारले यो कुराको हालसम्म पुष्टि गरेको छैन ।विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् । उनी कैयौंपटक सामाजिक सञ्जालमा नागासँगको तस्वीर राख्छिन् ।यद्यपि नागा सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् । तर केही समय अघि सामन्थाले सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान लगाइएको थियो ।नागासँग विवाह हुनुअघि सामन्था रंग दे बसन्ती अभिनेता सिद्धार्थसँग प्रेममा थिइन् ।

उनीहरु विवाहको तयारीमा रहेको बेला अचानक सम्बन्धमा दरार आएको थियो ।सामन्था सिद्धार्थलाई लिएर निकै गम्भीर थिइन् । तर सम्बन्ध टुटेपछि उनले नागासँग विवाह गरिन् । उनीहरुको विवाह निकै धुमधामका साथ भएको थियो ।टलिउडकी सफल अभिनेत्रीहरुमध्ये एक सामन्था रुथ प्रभुलाई अहिले कुनै पहिचानको आवश्यक छैन ।

आफ्नो बोल्ड र सुन्दर अन्दाजले उनी चर्चित छिन् । यता नागा चैतन्यको पूरा नाम नागा चैतन्य अक्किनेनी हो । उनी तेलूगु सिनेमाको चिरपरिचित अभिनेता हुन् । उनले अहिलेसम्म थुप्रै फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार