धमाधम बेचिँदै सफारीका हात्ती !

कोरोना महामारीले पर्यटन सुस्ताएसँगै जंगल सफारीमा प्रयोग हुने हात्ती भारत बेच्ने क्रम बढेको छ । झन्डै तीन वर्षमा २२ हात्ती घटेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कोरोना महामारीले पर्यटन सुस्ताएसँगै जंगल सफारीमा प्रयोग हुने हात्ती भारत बेच्ने क्रम बढेको छ । झन्डै तीन वर्षमा २२ हात्ती घटेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यो वर्ष पनि हात्ती बिक्री रोकिएको छैन । गैरसरकारी संस्था जनहित संरक्षण मञ्च (प्रो–पब्लिक) ले हात्ती खरिद–बिक्री तथा निकासी रोक्न माग गर्दै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्र नै पठाएको छ ।

बिहीबार राति २ बजेतिर चितवन सौराहाबाट एउटा हात्ती भारतका लागि लगिएको पत्रमा उल्लेख छ । प्रो–पब्लिकका कार्यक्रम संयोजक सञ्जय अधिकारी र कानुनी सहायक अर्वण

चौधरीले लेखेको पत्रमा ४५ लाख भारतीय रुपैयाँमा हात्ती बिक्री भएको जनाइएको छ । उनीहरूका अनुसार हात्ती बिक्रीका लागि एक महिनाअघि नै बैना गरिएको थियो ।

‘हात्ती ४५ लाख भारतीय रुपैयाँमा जालिम नामक भारतीय व्यक्तिलाई बिक्री गरेको खबर हामीले प्राप्त गरेका छौं । शुक्रबार बिहान २ बजे जालिमका भाइ आलमले उक्त हात्ती सौराहाबाट भारततर्फ लगिरहेको खबर हामीलाई छ,’ पत्रमा उल्लेख छ । उक्त हात्ती दुई–चार दिन वीरगन्जमा राखेर भारत छिराउने योजना रहेको पत्रमा भनिएको छ ।

उनीहरूका अनुसार हात्ती ५० वर्षको काजलकली हो । उद्धवकुमार कोइराला प्रबन्ध निर्देशक रहेको सौराहाको होटल अर्थ लाइटले प्रयोग गर्ने उक्त हात्ती मधुकर रेग्मीको रहेको पत्रमा जनाइएको छ । रेग्मीले आफूले कुनै हात्ती नबेचेको प्रतिक्रिया दिए । भाडामा ल्याएको हात्ती नै साहुलाई फिर्ता पठाइएको उनको भनाइ छ ।

‘तीन वर्षअघि पुसमा मैले मासिक ५० हजार रुपैयाँ भाडा तिर्ने गरेर एउटा हात्ती ल्याएको थिएँ,’उनले भने, ‘दुई वर्षयता पर्यटक आउनै ठप्प भयो, सफारी नचलेपछि हात्ती मालिकलाई भाडा मिनाहा नगर्ने भए लैजान भनेको थिएँ, त्यही हात्ती फिर्ता भएको हो ।’

सौराहामा हात्ती सफारी चलाउनेले युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था खोलेका छन् । सहकारीमा तीन वर्षअघि ऋषि तिवारी अध्यक्ष चुनिए । उनी अध्यक्ष भएर आउँदा संस्थामा ५५ वटा हात्ती थिए, अहिले ३३ वटा छन् । ‘सफारी रोकिएपछि हात्ती घटे । यहाँ धेरै हात्ती भाडामा ल्याउने र प्रयोग गर्ने चलन छ । पर्यटक नआएपछि भाडाका हात्ती फिर्ता भए भनेर हामीलाई भनिएको छ,’ अध्यक्ष तिवारीले भने ।

कोरोनाका कारण परेको घाटा कम गर्न हात्ती भएका पर्यटन व्यवसायीले होटलभन्दा हात्ती बेच्न थालेको उनीहरूको भनाइ छ । सौराहाको पहिचान सफारी पनि भएकाले हात्ती धमाधम बिक्री भए पर्यटक आउँदा के गर्ने भन्ने अवस्था सिर्जना भएको छ ।

‘हात्ती विस्थापित हुनु हुँदैन भन्ने हाम्रो मत छ । अहिले हात्ती बेचे भोलि किन्न सकिन्न, हात्ती नै नभए सौराहाको महत्व रहँदैन भनेका छौं,’ सहकारीका अध्यक्ष तिवारीले भने ।

निकुञ्जसँग समन्वय गरेर सामुदायिक वनमा हात्तीका लागि घाँसको व्यवस्था गरिएको छ उनले बताए । हात्ती बिक्री राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको हुँदा सरकारले यसलाई रोक्नुपर्ने प्रो–पब्लिकले माग गरेको छ ।

नेपालले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) पालना र कार्यान्वयनमा ल्याउन २०७३ सालमा ऐन जारी गरेको छ । राष्ट्रिय निकुञ्ज ऐनले पनि हात्तीकोगैरकानुनी खरिद–बिक्रीलाई दण्डनीय अपराध मानेको प्रो–पब्लिकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार