५ नेपालीभाषी भुटानीको मृत्यु अमेरिकाको ओहायोस्थित घरमा आगलागी हुँदा, कारण अस्पष्ट

अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बसोबास गर्ने ५ नेपालीभाषी भुटानीको घरमा आगलागीका कारण मृत्यु भएको छ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा बसोबास गर्ने ५ नेपालीभाषी भुटानीको घरमा आगलागीका कारण मृत्यु भएको छ। सेप्टेम्बर १२ तारिक आइतवार राति भएको सो घटनामा मृत्यु हुने ५ जनामा ३ जना बालबच्चा परेका छन्। ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एक्रोन नर्थहिल क्षेत्रको लिन्डेन एभेन्यु ११०० ठेगानामा रहेको घरमा राति आगलागी भएको थियो । द समिट काउन्टी मेडिकल एक्जामिनर अफिसले रातिको आगलागीमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ। स्थानीय संचारमाध्यम न्यूज फाइभ क्लिभल्याण्डसँग कुरा गर्दै याम सुब्बाले सो आगलागीमा परी आफ्ना बुबा, कान्छी आमा र तीनजना बच्चाहरुको मृत्यु भएको बताएका छन्।

उनले सो संचारमाध्यमसंग मृतक परिवारको फोटो पनि शेयर गरेका छन् । आगलागीमा परी अरु ४ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।

सुब्बाको घरमा आगो दनदनी भएको छिमेकीले देखेपछि छिमेकीले नै अपतकालीन सेवा ९११ लाई फोन गरेका थिए। समाचारअनुसार, घटनास्थलमा रातिको १ बजे अग्नि नियन्त्रकहरु आइपुगेको र त्यसबेलासम्म सुब्बाको घर जलेको र छिमेकको घरमा पनि सामान्य क्षति पुगेको बताइएको छ।

समाचारअनुसार, एकै परिवारका चारजना बस्ने गरेकोमा केही दिनदेखि छोरी ज्वाईं नाताका ४ जनाको परिवार पनि सो घरमा बस्न पुगेको थियो। राति एक्कासि आगलागी भएपछि सो घरमा बस्ने अर्का एकजना लोग्ने मान्छे भने झ्यालबाट हाम्फालेर बाँच्न सफल भएका थिए भने छोरी ज्वाईंको परिवारका ४ जनामध्ये ३ जना बाँच्न सफल भएका छन्।

आगलागीको कारण के थियो र सो घरमा घटना भएको रात कति मानिसहरु थिए भन्ने स्पष्ट भइसकेको छैन । आगलागीको घटना थाहा पाएपछि स्थानीय भुट्नीज कम्युनिटी एशोसिएसन अफ एक्रोन इन्क भन्ने सामाजिक संस्थाका अध्यक्ष मनोरथ खनाल र अन्य नेपालीभाषी समुदाय घटनास्थल पुगेका थिए।

खनालका अनुसार, के कारणले आगलागी भएको भन्ने स्पष्ट भएको छैन। उनले डिसी नेपालसंग भने,“नेपाली भाषी समुदायका लागि यो ज्यादै दुःखदायी घटना भएको छ, सरकारले यसको अनुसन्धान गरी तथ्य पत्ता लगाइदिन्छ भन्ने आशा छ। कुनै षड्यन्त्र रहेछ भने पनि पत्ता लगाएर परिवारलाई न्याय होस्।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार