यी १६ बर्षीय बालिका, आज एक दिनका लागी गाउँपालिका अध्यक्ष बन्दै मोरङमा

मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव आज एक दिनको लागि गाउँपालिका अध्यक्ष बनेकी छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव आज एक दिनको लागि गाउँपालिका अध्यक्ष बनेकी छन् । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका प्रमुख बनाउन लागिएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने जनाईएको छ। राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १का अनुसार स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीबारे बालबालिकालाई जानकारी गराउन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको हो ।

गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

साहस ऊर्जाले ५ असोजदेखि ७० करोडको आईपीओ बिक्रीमा ल्याउने

काठमाडौं, २९ भदौ/साहस ऊर्जाले आगामी ६ असोजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६ असोजदेखि सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर एक सय अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीको निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । कम्पनीले बाँकी ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले निष्काशन गरेको न्यूनतम १० कित्ता लागि र अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताले ६ असोजदेखि १० असोजसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा मेरो शेयरको वेबसाइट, मेरो शेयरको एप, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीको आईपीओलाई ‘इक्रा एनपि आईआर डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी वित्तिय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी तीन अर्ब ५० करोड पुग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार