यस्तो कदम चाले देउवाले, सारा नेपालि खुसि तर चिनलाई भने तनाव ?

हुम्लाको लिमी लाप्चासहित नेपाल–चीन सीमामा देखिएको सीमा विवाद अध्ययन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले छानविन समिति बनाएपछि सारा नेपालि खुसि भएका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  हुम्लाको लिमी लाप्चासहित नेपाल–चीन सीमामा देखिएको सीमा विवाद अध्ययन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले छानविन समिति बनाएपछि सारा नेपालि खुसि भएका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

एक इन्च भूमि नछोड्ने रणनीतिका साथ देउवाले चिनियाँबाट अतिक्रमण भएको लाप्चासहित क्षेत्रमा अध्ययन टोली खटाएका हुन् । केन्द्रमा सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि जनाउँदा जिल्लामा पनि चलखेल सुरु भएको छ ।

माओवादीले आफ्नो पार्टीबाट निर्वाचित जिल्ला र स्थानीय तहका जनप्रतिनिधिलाई सरकारी छानविन टोलीविरुद्ध माहोल बनाउन खटाएको छ । अघिल्लो वामपन्थी सरकारले चिनियाँ अतिक्रमण ढाकछोप गरेका बेला अहिले सत्ता गठबन्धनका वामपन्थी दलले पनि चिनियाँ बदमासी बाहिर आउन नदिन सबै संयन्त्र परिचालन गरेका हुन् ।

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोली अहिले लाप्चामा छानविनमा छ । तर छानविनलाई सोही क्षेत्रको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले असहयोग गरेका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित हुन् । प्रचण्डको निर्देशनमा काठमाडौं आएर, चिनियाँ राजदूतावासका अधिकारीसँग भेटेर चीनले भूमि नमिलेको भनेर अभियान चलाउँदै हिँडेका छन् ।

अध्यक्ष तामाङ तिनै व्यक्ति हुन् जसले कुनै समय चीनले सीमा मिचेको भनेर छानविनको माग गरेका थिए । तर केन्द्रमा चिनियाँसँग मन मिलेपछि उनी अहिले विवाद नै नभएको भनेर जिकिर गर्दै हिँडेका छन् ।

अध्यक्ष तामाङलाई माओवादी अध्यक्ष प्रचण्डले नै खटाएको बुझिएको छ । आफ्नो गाउँपालिका भन्दा अधिकांश समय काठमाडौंमै रहने तामाङले प्रचण्डसँगै चिनियाँ प्रतिनिधि पनि भेटिसकेका छन् । आफ्नो बलबुताले भ्याएसम्म तामाङले चीनले सीमा मिचेको छैन भन्ने न्यारेटिभ तयार पार्न खोजेका छन् । तर सरकारी टोली छानविनमा सक्रिय छ । रोकिएको छैन ।

सरकारी छानविन टोलीले काम अघि बढाएपछि प्रचण्ड आत्तिएको बताइएको छ । अर्कोतिर सरकारले अध्ययन टोली बनाएसँगै चिनियाँ दूतावासबाट विभिन्न नेता, प्रशासन, सम्बन्धित गाउँपालिका प्रमुख–उपप्रमुखहरूसँग भेटघाट तीव्र बनाइएको उच्च स्रोतको दाबी छ । छानविन टोलीको अध्ययनमा प्रभावित पार्ने प्रयास भइरहेको छ ।

चिनियाँ अधिकारीहरूले हुम्लाका जनप्रतिनिधिहरूलाई पनि पटक–पटक भेटिसकेको बताइएको छ । सीमा विवादबारे अध्ययन टोली उता रहेको समयमा उनीहरूको भेटघाटको गहिरो अर्थ रहेको बताइएको छ ।

यसअघि हुम्लाको मिचिएको विषय देउवा सरकारको कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमति जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताएका थिए ।

माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमति जनाएपछि कार्यदलमा तनाव उत्पन्न भएको थियो । तत्कालीन समयमा चीनसँग सीमा जोडिएको हुम्लामा १० वटा मुख्य तथा सहायक सीमा स्तम्भमा गरिएको निरीक्षणका क्रममा ५ वटामा चीनले अतिक्रमण गरेको पाइएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाही नेतृत्वको, स्थानीय जनप्रतिनिधि र पत्रकारहरूसहितको टोलीले हुम्लाको सीमामा जोडिएको ४ नम्बर सीमा स्तम्भ बाहेक ५ देखि १२ सम्मका सबै मुख्य तथा सहायक स्तम्भहरूको निरीक्षण गरेको थियो ।

सिमकोटबाट सीमा अवलोकनका लागि गएका नेता शाहीको टोली नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि त्यहाँ चिनियाँहरूले नेपाली भूमिमै भवनहरू बनाएको पाएको उनले बताएका थिए । उनले चिनियाँहरूले नेपाली भूमिमै घरहरू बनाएको दाबी गर्दै दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यथाशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत सरकारसँग माग गरेका थिए ।

उनको भ्रमणपछि नेपाली काँग्रेसले तत्कालीन केपी ओली सरकारलाई सीमा विवादबारे जानकारी गराएको थियो । कांग्रेसका उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा। शशाङ्क कोइराला लगायतका नेताहरूले सरकारसँग उक्त विवादबारे जानकारी मागेका थिए ।

ओली सरकारले तत्कालीन समयमा कुनै अध्ययन बिनै सीमा नमिचिएको बताएको थियो । चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् ।

वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए । नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए ।

भवनहरू नेपाली भूमिमा रहे पनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार