एमालेमा उथलपुथल, अन्ततः केपी ओलीको साथ, ईश्वर पोखरेलले नै छाडे !

नेकपा एमालेमा फेरि उथलपुथलको संकेत देखिएको छ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  नेकपा एमालेमा फेरि उथलपुथलको संकेत देखिएको छ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

ओलीको साथ छोडेर पोखरेलले आगामी मंसिर ११ र १२ गते हुने १० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

तर आफू बिनाप्रतिस्पर्धा अध्यक्षमा निर्वाचित हुने र आफ्नो दासत्व स्वीकार्नेलाई पदाधिकारी र स्थायी कमिटी लैजाने ओलीको रणनीति देखिन्छ ।

यो कुरा बुझेर ईश्वर पोखरेलले अध्यक्षमै उम्मेदवारी दिने घोषणा गरिदिए । यसले एमाले फेरि फुट्ने संकेत गरेको छ । नवौं महाधिवेशनमा ओलीले ईश्वर पोखरेललाई अध्यक्ष बनाउने बचन दिएका थिए । तर, ओली आफैँ अध्यक्ष बन्ने भएपछि ईश्वरले ओलीलाई चुनौती दिएका छन् ।

ओलीले अबको एक कार्यकाल पार्टी अध्यक्ष बन्ने र दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री बन्ने र त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने घोषणा ईश्वर पोखरेल भएकै बैठकमा गरेका थिए । ​त्यसका निम्ति ‘विरोधीरहित पार्टी’ ओलीको मूलसूत्र हो ।

सोही अनुसार अहिले केपी ओलीले पार्टीको विधान संशोधन गरेर महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने व्यवस्था गरेका छन् ।

उक्त व्यवस्थाअनुसार, पार्टीका पदाधिकारी र स्थायी कमिटी सदस्य चुन्ने अधिकार अध्यक्षमा हुने छ । तर ओलीसँग कुनै परामर्श नगरी ईश्वले अध्यक्षमौ उम्मेदवारी दिने योजना सुनाए । विपरितको कुरा गर्दा आफ्नो अध्यक्षलाई रिस उठ्छ भन्ने कुरा पनि ख्याल नगरी ईश्वरले ओलीकै कुर्ची ताकेका छन् ।

बालकोटस्रोत अनुसार ईश्वरको यो अभिव्यक्ति सुनेपछि ओली ‘बा’ले निकटस्थहरुका बीच संक्षिप्त प्रतिक्रिया दिए, ‘ए, अध्यक्ष नै पो‘।’ ओलीले ईश्वर पोखरेललाई कसरी ‘ठेगान’ लगाउँछन् । किनभने, आफ्नो कुर्सी ताकिएकै कारण साढे तीन वर्षमा ओलीले सब कुरा भत्काउन तयार भए ।

देशमा दुईतिहाई नजिकको दलीय हैसियत, पाँच वर्षसम्म पार्टीले बिनाअवरोध चलाउने सरकार, शक्तिशाली प्रधानमन्त्री पद, सातमध्ये ६ प्रदेशमा एकल बहुमतको सरकार, स्थानीय तहमा सुविधाजनक बहुमत, भएभरका संवैधानिक, राजनीतिक नियुक्ति, राजदूतदेखि प्रदेशसम्मका विभिन्न अवसर– यी सब कुरा प्रचण्डले ‘प्रधानमन्त्री ताकेको’ कारण भताभुङ भएका छन् ।

ओलीका निम्ति ती सबै क्षति स्वीकार्य भए, आफ्नो पद जाने कुरा स्वीकार्य भएन । ओलीले आगामी महाधिवेशनबाट आफू अध्यक्ष भएपछि शंकर पोखरेललाई महासचिव र विष्णु पौडेललाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् ।

त्यो कुरा बुझेपछि आफ्नो ‘पोजिसन’ सुरक्षित पार्न अहिले नै अध्यक्ष घोषणा गर्ने र पछि सम्झौताका क्रममा सकेसम्म महासचिव सुरक्षित राख्ने, नभए पनि उपाध्यक्षमा सुरक्षित बस्ने उनको चाहना हो भन्ने बालकोटको बुझाई छ ।

तर, ओलीलाई ईश्वर पोखरेलको घोषणा र चाहनामा वास्ता छैन । ओलीसँग भएकै शंकर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवालीहरुको घेराबाट उक्सिने उपाय खोजिरहेका ईश्वर पोखरेलका निम्ति माधव नेपाललाई छाडेर गएका ९ जनाको घेराबन्दी झनै सकसपूर्ण हुने भएको छ । एमालेमा स्थानको खोजिएका देखिएका उनी भौतारिको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार