खुल्यो गम्भिर रहस्य, माधव नेपालले १० करोडमा किनेका रहेछन् सासंद !

नेकपा एमालेका नेता केशब स्थापित नेकपा एमाले बाट बिभाजन भएर बनेको नेकपा एसको गम्भिर खुलासा गरेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

 

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  नेकपा एमालेका नेता केशब स्थापित नेकपा एमाले बाट बिभाजन भएर बनेको नेकपा एसको गम्भिर खुलासा गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

स्थापितले मनमोहन अधिकारी नेतृत्वको तत्कालिन नौ महिना सरकार जोगाउने क्रममा साँसद किनबेचका लागि आफूले १० करोड रुपियाँ व्यापारीबाट उठाएको खुलासा गरेका छन् ।

एक कार्यक्रममा उनले तत्कालिन नौ महिने सरकारविरुद्ध नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उक्त प्रस्ताव विफल बनाउने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का साँसद किन्नका लागि तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री माधव नेपालले आफूलाई करोडौं रुपियाँ संकलन गर्न दबाब दिएको र आफूले १० करोड रुपियाँ संकलन गरेर पार्टीलाई दिएको बताए ।

यसरी साँसद किनबेच गरेर सत्ता टिकाउन संभव नै छैन भन्दा पनि माधव नेपालले यो अप्ठ्यारोमा सहयोग गर्नुस भन्दै आफूलाई दबाब दिएको बताउँदै स्थापितले आफ्नो छिमेकी व्यापारी प्रकाश तिब्रेवाला, आनन्द आग्रवाल र अर्का एकजनासहित पाँच करोड रुपियाँको पैसाको बोरा लिएर माधव नेपालको पुल्चोकस्थित मन्त्री क्वाटरमा गएको, त्यहाँ पुगेपछि उनले वामदेव गौतमलाई लगेर दिनु भनेको खुलासा गरे ।

पैसा उठाउन दबाब दिने क्रममा ‘डाङडुङ गर्नसक्ने तपाईं नै हो, उठाउनुपर्छ’ भन्दै माधव नेपालले अन्य केही मन्त्रीहरूलाई समेत साक्षी राखेर पैसा उठाउन लगाएको स्थापितको भनाई छ । अर्का एक व्यापारी गुरुप्रसाद न्यौपानेसँग कुरा गर्दा उनले पैसा दिन नमानेको पनि उनले बताए । स्थापितले नेतृत्वले भनेपछि आफूले अपवित्र काम गर्नुपरेको बताए ।

उनले साँसद किन्ने क्रमम राप्रपाका १२ साँसद वाशु गिरीको घरमा राखेको र बाँकीलाई अन्य ठाउँमा राखेको सुनाउँदै तर पछि त्यो प्रयास सफल नभएर संसद विघटनको सिफारिस गर्नुपरेको बताए । पछि त्यो पैसा को–कोस्ले खायो रु आफूलाई थाहा नभएको स्थापितले बताए ।

पछि माधव नेपालले साँसद किनबेचमा किन लाग्नुभएको रु मैले भने पनि तपाईं जत्तिको युवाले हुँदैन भन्नुपर्छ नी भनेर उल्टै हप्काएको सुनाउँदै स्थापितले साँसद किनबेचका कारण आफू बदनाम हुनुपरेको भनेर माधव नेपालले उल्टै गुनासो गरेको बताए । त्यस क्रममा पैसा दिने आनन्द अग्रवाल बैंकको पैसा तिर्न नसकेर भारत निर्वासित हुनुपरेको अन्य व्यापारीको पनि उठिवास भएको सुनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार