सरकारी खर्च किन रोकियो, अब कसरी चल्छ त देश ?

बजेट नै पास नगरी संसद बैठक असोज चार गतेसम्मका स्थगित भएको छ १५ जेठमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएको हो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बजेट नै पास नगरी संसद बैठक असोज चार गतेसम्मका स्थगित भएको छ १५ जेठमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएको हो । प्रतिस्थापन विधेयक ३० भदौसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतस् निष्क्रिय हुने भएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अर्थमन्त्री जनार्दन शर्माले सरकारले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए । प्रतिस्थापन विधेयक पारित नभएपछि केही दिन सरकारी खर्च रोकिने मन्त्री शर्माले भने ।

केही दिन अब सरकारी खर्च रोकिन सक्छ । कर उठाउने व्यवस्था छ, कर उठ्दै जान्छ उनले भने । सरकारले पेश्की खर्च भने नगर्ने बताएको छ ।पेश्की खर्चका लागि अध्यादेश पनि आउँदैन । विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ शर्माले भने ।

आज भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रोष्टम घेराउ र नाराबाजीबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक अघि बढाएका छन्।

सभामुख सापकोटाले बैठक सुरु भएको जनाए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु नाराबाजी गर्दै रोष्टम अघि आइपुगेका थिए।तर उनले त्यसबारे कुनै टिप्पणी गरेनन्। अघिल्ला दिनहरुमा जस्तो उनले न त प्रतिपक्षीहरुलाई बस्न भने न त बैठकमा नाराबाजी रोक्न आग्रह नै नै गरे।

बैठक सुरु भए लगत्तै उनले विनियोजन विधेयक अर्थात् बजेट माथिको सैद्धान्तिक छलफल अगाडि बढाए। अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न समय दिए।

शर्माले प्रस्ताव राखेपछि बोल्न नेमकिपाका सांसद प्रेम सुवाललाई समय दिए। सुवालले आफ्नै स्थानबाट एमसिसीको विरोधमा वक्तव्य दिए। अर्थमन्त्री शर्माले जवाफ दिन रोष्टम पुगे।

उनले सुवालले राखेको विचारका लागि धन्यवाद भन्दै छोटो टिप्पणी मात्र गरे। प्रतिपक्षीहरुले नारा लगाइरहे। सभामुखले विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरे। प्रस्ताव बहुमतले स्वीकृत भयो।

त्यसपछि सभामुखले पूर्व राष्ट्रिय सभा सदस्य रुक्मशमशेर जबरा र संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव राखे। शोक प्रस्तावका मौन धारण गर्न आग्रह गर्दा रोष्टममा उभिएका प्रमुख प्रतिपक्षीले नाराबाजी रोके।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार