आईपीओ आउँदै मालामाल बनाउने यी लघुबित्तका, हेर्नुहोस मितिसहित

अहिले एकपछि अर्को गर्दै बिभिन्न कम्पनीहरुले सेयर निष्कासन गरिरहेका छन् । कतिपय प्राईभेट कम्पनीहरु आईपीओ जारी गर्नको लिाग पब्लिक कम्पनी समेत बनिरहेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं।  अहिले एकपछि अर्को गर्दै बिभिन्न कम्पनीहरुले सेयर निष्कासन गरिरहेका छन् । कतिपय प्राईभेट कम्पनीहरु आईपीओ जारी गर्नको लिाग पब्लिक कम्पनी समेत बनिरहेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयर जारी गर्ने समय खुलाएको छैन ।

दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा सन्राइज क्यिापटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगतबीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अब क्यापिटलले कम्पनीको सेयर निष्काशन प्रकृया सुरु गर्ने छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि सेयर निष्काशन हुने छ । दाङको घोराहीमा रजिस्टर्ड कार्यालय रहेको आत्मनिर्भर लघुवित्तले छिट्टै आईपीओ जारी गरिने जनाएको छ ।

यसैगरी नेस्डो समृद्ध लघुबित्तले पनि धितोपत्र बोर्डमा ८ लाख २८ हजार ७५० कित्ता आइपियो निष्कासन गर्न अनुमती माग गर्दै निवेदन दिएको छ । यो राम्रो अवस्था भएको लघुवित्त हो ।

त्यस्तै जाल्पा सामुदायिक लघुवित्तले पनि ५ लाख २२ हजार कित्ता , साधारण सेयर निस्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुगेको छ । जाल्पा सामुदायिक लघुबित्त थोरै लगानीबाट धेरै पुग्न सक्ने क्षमता भएको कम्पनी हो ।

यस्तै राष्ट्र उत्थान लघुवित्तले पनि ८ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न अनुमती माग गरेको छ । राष्ट्र उत्थान लघुवित्तले पनि आईपीओ निष्काशनको अनुमति पाएमा सेयर मार्केटमा रानै कारोबार गर्नेछ ।

उपकार लघुवित्तले समेत २ लाख ६६ हजार २५० कित्ता आइपीओ जारी गर्न बोर्डमा अनुमती मागेको छ । यसले पनि सेयर बजारमा राम्रो प्रभाव जमाउने देखिएको छ ।

यी पाँच लघुवित्तले कुल २४ लाख ६७ हजार कित्ता आइपीओ जारी गर्ने भएका हुन् । बोर्डमा आइपियो निस्कासन तथा बिक्रिको लागि निवेदन दिएर बसेका यी पाँच कम्पनिले बोर्डको स्वीकृतिपछि यी लघुवित्तले सर्वसाधरणमा सेयर जारी गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार