यसपालिको जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक पनि समावेश हुने

"मेरो गणना, मेरो सहभागिता"को नारा लिएर ४० वटै जिल्लामा ब्लु डाइमन सोसाइटीले कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। ब्लु डाइमन सोसाइटी काठमाडौंले ४० वटा जिल्लाहरूमा एकै साथ २७ र २८ राष्ट्रिय जनगणनाका पर्यवेक्षकहरुलाई तालिम सम्पन्न गराएका छन्। यस बर्षको जनगणनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक पनि समावेश हुने भएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू खुसी भएका छन्।

“मेरो गणना, मेरो सहभागिता”को नारा लिएर ४० वटै जिल्लामा ब्लु डाइमन सोसाइटीले कार्यक्रम सञ्चालन गर्दै आएका छन्। २७ र २८ गते नेपाल भरीका प्रायजसो सबै जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरेको छ।

यौनिक तथा लैंगिक अल्पसंख्यकले खुलेर आफ्नो पहिचान नदिँदा र उनीहरुका परिवारजनले त्यस्ता सूचना सकेसम्म लुकाउने गरेका कारण सही तथ्यांक संकलन गर्न सजिलो नभएको कारणले ब्लु डाइमन सोसाइटीले सबैलाई समेटेर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तर उनीहरुको तथ्यांक संकलन त्यति सजिलो नभएको देखिएको छ। सम्बन्धित व्यक्तिले खुलेर पहिचान दिन नसक्दा वास्तविक तथ्यांक संकलनमा समस्या भएको हो।

२०६८ को जनगणनामा समेत तेस्रो लिंगीको जनसंख्या संकलन गरिएको थियो। त्यति बेला उनीहरुको संख्या जम्मा १५ सय हाराहारी रहेको तथ्यांक आयो। अनुमान गरेभन्दा सारै कम संख्या देखिएपछि तथ्यांक विभागले त्यसलाई सार्वजनिक समेत गरेन। यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने संस्था भने उनीहरुको संख्या ८ लाखभन्दा बढी रहेको दाबी गर्छन्।

‘२०६८ सालको जनगणनामा पनि तेस्रो लिंगीको तथ्यांक सकलन गरिएको थियो तर उनीहरुबारे सही रिपोर्टिङ नभएको आशंकामा तथ्यांक सार्र्वजनिक नगरिएको हो’, विभागका सम्बन्धित अधिकारीले भने।

नेपालको संविधान २०७२ ले लैंगिक पहिचानसहितको नागरिकताको समेत व्यवस्था गरेको छ। साथै यस्ता अल्पसंख्यकको संरक्षण र सशक्तीकरणमा सकारात्मक विभेदको नीति अख्तियार गर्नुपर्ने पनि संविधानमा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार