बिमानस्थलबाट पक्राउ खोप लिएको झुठो कार्ड बोक्ने युवती

कोभिडविरुद्ध खोप नलगाएरै पनि अमेरिकाको हवाइमा दश दिने क्वारेन्टाइन बस्नुपर्ने नियम छलेर त्यहाँ बिदा मनाउन खोज्ने एक महिलाको प्रयास असफल भएको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कोभिडविरुद्ध खोप नलगाएरै पनि अमेरिकाको हवाइमा दश दिने क्वारेन्टाइन बस्नुपर्ने नियम छलेर त्यहाँ बिदा मनाउन खोज्ने एक महिलाको प्रयास असफल भएको छ । खोप लगाएको प्रमाणिकरण गर्ने कार्डमा लेखिएका शब्दको गलत हिज्जेका कारण उनी प्रहरीको फन्दामा परेकी हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

खोप लगाएको झुठो कागजात बोकेको अभियोगमा शनिबार होनोलुलुस्थित ड्यानियल के. इनोयु अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वर्षीया क्लोए म्रोजाक नामक युवतीलाई प्रहरीले गिरफ्तार गरेको हो । स्थानीय स्टेसन केएचओएन टेलिभिजनका अनुसार उनलाई २ हजार अमेरिकी डलर जमानतमा छाडिएको छ ।

२३ अगस्टमा हवाइमै पहिलोचोटि पुगेकी म्रोजाकको कोभिड १९ खोपको कार्ड नक्कली हुनुपर्ने शंका राज्य यात्रा सुरक्षा कार्यक्रम प्रशासकले गरेका थिए । ल एन्ड क्राइम डटकमका अनुसार इलिनोइस निवासी म्रोजाकको कार्डमा उनलाई डिलावरमा ‘सीपीएल वुल्फ’ र ‘एसएसजीटी मोन्टी’ नामक नेसनल गार्डस्का दुई सदस्यले खोप लगाएको उल्लेख गरिएको छ । हवाइको सरकारी निकायले डिलावरका अधिकारीहरूसँग सोधखोज गर्दा म्रोजाक नामक कुनै पनि व्यक्तिलाई खोप दिएको अभिलेख फेला नपरेको पत्ता लागेको थियो ।

साथै सो कार्डमा मोडर्ना खोपको हिज्जे ‘माडर्ना’ लेखिएको पाइएको छ । प्रारम्भिक शंकाका बाबजुद पनि उनलाई विमानस्थलबाट जान दिइएको थियो । तर, पछि खोजी गरिँदा प्रहरीले उनलाई उनले बुक गरेको होटेलमा भेटाउन सकेन । विशेष गुप्तचर अधिकारी विलियम लाउले अन्ततः उनको फेसबुक एकाउन्ट फेला पारे ।

आफूलाई मोडेल भनेर चिनाएकी उनको फोटो ग्यालरीको एउटा फोटोमा उनको बायाँ नितम्बमा ट्याटु खोपिएको देखियो । सोही ट्याटुका आधारमा घर फर्कने तयारीमा रहेकी उनलाई होनालुलु एयरपोर्टको साउथवेस्ट एयरलायन्स काउन्टरमा पक्राउ गरिएको थियो । उनले आफूले निजी डाक्टरबाट पैसा तिरेर खोप लिएको अर्को झुठ बोलिन् । किनभने अमेरिकामा कोभिड १९ खोप निःशुल्क उपलब्ध हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार