नेपालबारे दिल्लीमा लामो परामर्श, नेपालका लागि राजदूत क्वात्रा दुई सातादेखि दिल्लीमै

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको राजधानी नयाँ दिल्लीमा लामो परामर्श चलेको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतको राजधानी नयाँ दिल्लीमा लामो परामर्श चलेको छ । नेपालमा बढेको चिनियाँ प्रभाव र त्यसकारणले समस्या उत्पन्न भएको भन्दै भारतीय सत्ताले पश्चिमा राष्ट्रहरुसँग समेत समन्वय गरेर परामर्श जारी राखेको बताइएको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यही परामर्शका लागि भनेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा दिल्ली गएका छन् । झण्डै दुई साता लामो सो परामर्शको सिलसिलामा नेपालमा चीनको बढ्दो प्रभाव र दबाबलाई मूल विषय बनाइएको बताइएको छ ।

स्रोतले कुन कुन पश्चिमा राष्ट्रका प्रतिनिधिहरु यस्तो परामर्शमा सहभागी छन् भन्ने नबताए पनि चीनको सक्रियतालाई देखाएर नेपालबारे ठूलै हाउगुजी सिर्जना गर्न लागिएको त होइन भन्ने आशंका पनि शुरु भएको छ ।

राजदूत क्वात्रा दिल्लीबाट नेपाल फर्केपछि भारतको नेपाल नीतिमा भएको तत्कालको परिवर्तन समेत देखा पर्ने स्रोतको दावी छ । प्रधानमन्त्री भएको दुई महिना हुँदा पनि मन्त्रिपरिषद्समेत गठन गर्न नसकेर हैरान भएका प्रधानमन्त्री देउवाको सत्तारुढ गठबन्धनमा आउने सम्भावित खटपट र त्यसले फेरि संसद भंग गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ भारतीय संकेतलाई देउवा र गठबन्धनका नेताले कसरी व्यवस्थापन गर्न सक्लान् भन्ने चासो पनि दिल्ली परामर्शसँगै प्रकट हुन थालेको छ ।

नेपालमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीबारे अत्यन्त धेरै अफवाहहरु फैलिएको र त्यसको पछाडि चीनले भूमिका खेलेको, एमसीसीबारे नभएका कुराहरु पनि भएजस्तै गरेर मिसइन्फर्मेशन क्याम्पेन नै चिनियाँ लगानीमा गरिएको केही तथ्यहरुसमेत संकलन गरेर दिल्लीमा पश्चिमा मुलुकका प्रतिनिधिहरुसँग छलफल गरिएको स्रोतको दावी छ ।

यसैबीच भारतीय सेनाले नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरुलाई पनि एउटा सेमिनारको बहानामा दिल्ली निम्त्याएको छ । ८ जनामध्ये ३ जनाले आउन नसक्ने बताइसकेका छन् ।

सेप्टेम्बरको १७ र १८ मा हुने सो सेमिनारमा भारतीय सेनाका पूर्वसेनापतिहरुको सहभागिता हुनेछ । नेपालका सबै सेनापतिहरु पनि बोलाउनुको अर्थ नेपालबारे दिल्लीमा गम्भीरता थपिएको बुझ्न गाह्रो नभएको सैनिक स्रोतको दावी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार