अर्को रोगको खतरामा बालबालिका, धुलिखेल अस्पतालमा ८ बालबालिकाको निधन पछि स्वास्थ्यकर्मी चिन्तित

कोभिडको महामारीले हैरान पारेकै बेला फेरी अर्को रोगले बालबालिका प्रभावित भएको घटनाले स्वास्थ्यकर्मीलाई चिन्ता थपेको छ । सरोकारवालाले पनि सचेत रहन आग्रह गरेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। कोभिडको महामारीले हैरान पारेकै बेला फेरी अर्को रोगले बालबालिका प्रभावित भएको घटनाले स्वास्थ्यकर्मीलाई चिन्ता थपेको छ । सरोकारवालाले पनि सचेत रहन आग्रह गरेका छन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

धुलिखेल अस्पतालमा मात्र स्क्रबटाइफसका कारण ८ बालबालिकाको निधन भएको छ । यो संखया डेड महिनाको हो । अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म भर्ना भएका २२ बालबालिकामध्ये ८ जनाको निधन भएको अस्पतालले जनाएको छ । जसमा ६ बालिका र २ बालक छन् ।

१४ वर्ष भन्दा कम उमेर भएका बालबालिकाको निधन भएको हो । अस्पताल पुगेकाहरुमा ४० प्रतिशत बालबालिकाको निधन हुने गरेको धुलिखेल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा। सिर्जना डंगोलले जानकारी दिएकी छन् । एक साता भित्रै २ बालबालिकाको निधन भएको थियो । समयमै अस्पताल नलगेका कारण पनि निधन हुने गरेको छ ।

धुलिखेल अस्पतालमा विभिन्न स्थानबाट आएका बिरामीमध्ये डेड महिनाको अवधिमा ३४ जना संक्रमित भएका छन् । जसमा ९ पुरुष र २५ महिला छन् । १६ वर्षमुनिका ६ बालक र ६ बालिका रहेका छन् भने ३ पुरुष र १९ महिला १७ वर्ष उमेर समूहभन्दा माथिका छन् ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष स्क्रबटाइफसका कारण निधन हुने संख्या बढेको डा। डंगोलले बताउनुभयो । अघिल्लो वर्ष जुलाईमा ८ जना, अगस्टमा २१ जना, सेप्टेम्बरमा ८, अक्टोबरमा २, नोभेम्बरमा २ जना स्क्रबटाइफसबाट संक्रमति भएको भए पनि निधन हुनेको संख्या न्युन थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार