भीम रावललाई के भयो अचानक गृहजिल्ला पुगे पछि ? ओलीलाई दिए चुनौती

नेकपा एमाले विभाजन रोक्न अध्यक्ष केपी शर्मा ओलीले आफु २०७५ जेठ २ को अवस्थामा पार्टीलाई लैजान सहमत भए ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा एमाले विभाजन रोक्न अध्यक्ष केपी शर्मा ओलीले आफु २०७५ जेठ २ को अवस्थामा पार्टीलाई लैजान सहमत भए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

उनको त्यो सहमति पछि माधव नेपाल पक्षमा रहेका प्रभावशाली नेताहरु एमालेमै रहने निर्णयमा पुगे । नेपालले नयाँ पार्टी दर्ता गर्नु गलत भन्दै ओलीको साथ दिए ।

तर त्यो सहमति धरमर भएको छ । ओलीले सुदूरपश्चिममा इन्चार्जमा भीम रावललाई कायम राखेनन् । उनलाई पार्टीको उपाध्यक्षको हैसियतले जिम्मेवारी निभाउनु भन्दै निर्देशन दिए । त्यसपछि भीम रावल झस्किए ।

उनले अब १० बुँदे सहमतिमा ओली इमान्दार हुन नसकेको संकेत गरे र आफ्ना निकटकाहरुसंग छलफलमा बसे । एमाले दलको बैठक पनि वहिष्कार गरे ।

रावलका कारण सुदुरपश्चिममा माधव नेपाल बलियो भएका छन् । सुरुमा रावलकै पक्षमा रहेका नेताहरुले नै रावलले गुट फेरेपछि उनको साथ छोडे । माधव नेपालकै साथमा बसे । जसका कारण अहिले रावल नै कमजोर देखिएका छन् ।

एमाले सुदूरपश्चिममा पहिलो ठूलो दलबाट झरेर चौंथो स्थानमा पुगेको छ । नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । त्यसपछि माओवादी र काँग्रेस छन् । यसले रावललाई धक्का पुगेको छ ।

एमालेमा रावल उपाध्यक्ष छन् । तर, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्ट कायम रहेको ओलीको निर्णय छ । त्यसलाई उनी मान्न तयार छैनन् । १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिदै २ जेठ २०७५ को अवस्थामा पार्टी संरचना कायम राख्ने भनिएकाले आफू नै इञ्चार्ज रहेको रावलको दाबी छ । उनले मङ्गलबार धनगढी पुगेर आफू नै इञ्चार्ज भएको बताए । ओलीलाई गृहक्षेत्रबाट चुनौती दिए ।

रावलले पेलेर जान खोजे कडा रुपमा प्रस्तुत हुने समेत बताए । उनले पेलाई मान्य नहुने भन्दै आफू विभाजनसँगै पेलाईको विरुद्ध संघर्षमा रहेको बताए । यसले एमालेभित्र ओली र रावलबीच नयाँ द्वन्द्व चलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार