एशियाकै प्रभावशाली महिला घोषित, दीपिकालाई ठूलो सफलता

बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ठूलो सफलता मिलेको छ । उनी एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। बलिउड अभिनेत्री दीपिका पादुकोणलाई ठूलो सफलता मिलेको छ । उनी एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन् । बेलायतको गाला बिंगोले एसियाकै फिल्म तथा टेलिभिजन क्षेत्रबाट प्रभावशाली महिला घोषणा गरेको हो । उनलाई पछ्याउने फ्यानलाई आधार मानेर उक्त घोषणा गरिएको हो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गाला बिंगोले दीपिकालाई पछ्याउने फ्यानसँगै गुगल सर्च र दीपिकाको नाममा प्रकाशित भएको समाचारलाई समेत आधार मानेर एक नम्बर मानेको हो । गला बिंगोले फिल्म, व्यापार, राजनीति र फेसन क्षेत्रका मान्छेलाई पनि यो सूचीमा समेटेको छ ।

गला बिंगोले गरेको यो घोषणासँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडलको बराबरीमा पुगेकी छन् ।

यो अर्को समाचार, देशमा यतिबेला अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बहसको विषय बनेको छ । सत्तारुढ दलहरु संसोधनसहितको एमसीसी संसदबाट पारित गराउन चाहेका छन् भने सत्ता बाहिरका दलहरु विरोधमा उत्रिरहेका छन् ।

यस विषयमा नेपाली कलाकारहरुले पनि आफ्नो अभिव्यक्ति दिइरहेका छन् । आज सदावहार नायिका करिश्मा मानन्धरले एमसीसी सम्झौता गर्न नहुने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीले जनतालाई दुःख दिने आशय गरेकी हुन् । घरभित्र कलह निम्त्याउन नहुने उनको तर्क छ । उनले घरमा हात्ती ल्याएर घरकै मान्छे बाहिर बस्नु परेमा हात्ती ल्याउनुको के अर्थ भन्दै एमसीसीको विपक्षमा उभिएकी हुन् । घरभित्र कलह हुने तत्व भित्राउन नहुने उनको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार