उपप्रधानमन्त्री बरादरले छाडे काबुल ,‘तालिबान सरकारमा चुलियो विवाद

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन भएको छ । केही दिनदेखि बरादर सार्वजनिक रूपमा देखिएका पनि छैनन् ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्ला गनी बरादर । फाइल तस्बिर : रोयटर्स
त्यसैले पनि तालिबानमा नेतृत्वलाई लिएर व्यापक असहमति रहेको कुरा सतहमा आएको छ । तर तालिबानले भने नेतृत्वबीच कुनै विवाद नभएको दाबी गरेको छ ।

गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मुलुकलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट्स बनाएको तालिबानले सेप्टेम्बर ७ मा मन्त्रिपरिषद् गठन गरेको थियो । तालिबानी सरकारका सदस्य सबै पुरुष छन् । त्यस्तै मन्त्रीमण्डलमा विश्वका विभिन्न देशले आतंककारीको सूचीमा राखेको हक्कानी नेटवर्कका सदस्यसमेत रहेका छन् ।

तालिबान सूत्रले बीबीसीको पश्तो सेवालाई दिएको जानकारीअनुसार केही दिनअघि बरादर र खलील उर रहमानबीच भनाभन भएको थियो । दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकापसमा भिडेका थिए । खलील उर रहमान आतंकवादी संगठन हक्कानी नेटवर्कका नेता हुन् । उनलाई सरकारमा शरणार्थी मामिलासम्बन्धी मन्त्रीको जिम्मेवारी दिइएको छ ।

उक्त वादविवाद प्रत्यक्ष देखेका तालिबानका एक शीर्ष नेताले बीबीसीलाई घटनाबारे जानकारी दिएका हुन् । बरादर तालिबान सरकारको संरचनालाई लिएर खुसी नभएको बताइएको छ । उनलाई अन्तरिम सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अफगानिस्तानमा मुल्लाह मोहम्मद हसन अखुंदलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको छ ।

अफगानिस्तानमा तालिबानको जितको श्रेय कसले लिने भन्नेबारेमा शीर्ष नेताबीच होडबाजी चलेको छ । बरादरले आफ्नो कूटनीति र रणनीतिका कारण नै सत्ता कब्जा सफल भएको मान्दै आएका छन् । त्यस्तै हक्कानी नेटवर्कले भने आफ्नो बलबुतामा सत्ता हात परेको दाबी गर्दै आएको छ । हक्कानी नेटर्वकले तालिबानी शीर्ष नेताको मातहतमा नै आफ्ना गतिविधि गर्दै आएको छ ।

सन् २०२० मा बरादर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुरा गर्ने पहिलो तालीबानी नेता हुन् । त्यसअघि अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ताबारेको दोहा सम्झौतामा उनले तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए ।

अर्कोतर्फ पछिल्ला केही वर्षयता अफगानिस्तानमा अमेरिकी नेतृत्वको विदेशी सैन्य दस्तामाथि आक्रमण गर्दै हक्कानी नेटवर्कले आफ्नो प्रभाव देखिएको थियो । अमेरिकाले उक्त समूहलाई आतंकवादी संगठनको सूचीमा समेत राखेको छ । यस समूहका नेता सिराजुद्धीन हक्कानीलाई नयाँ सरकारमा गृहमन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।

अफगानिस्तानमा तालिबान सरकारको नेतृत्व नै गर्ने सम्भावना रहेका भनिएका बरादर सार्वजनिक रूपमा नदेखिएपछि आन्तरिक विवादबारे चर्चा भएको हो ।सामाजिक सञ्जालमा त उनको मृत्यु भएको हल्लासमेत फैलाइयो । बीबीसीले तालिबानी उच्च स्रोतलाई उद्धृत गर्दै बरादरले राजधानी काबुल छाडिसकेको बताएको छ । उनी काबुलबाट कन्दाहार गएको पनि बीबीसीले जनाएको छ । सोमबार बरादरको नाममा सार्वजनिक एक अडियो टेपमा उनी यात्राका क्रममा राजधानीबाहिर रहेको र सकुशल रहेको बताइएको छ ।

तालिबानका एक जना प्रवक्ताले भने शीर्ष नेतासँगको भेटघाटका लागि बरादर कन्दाहार गएको दाबी गरेका छन् । तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अंखुदजादा कन्दाहारमा रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार