बलात्कारपछि हत्या आरोपीको टाउकोको मूल्य १६ लाख, मन्त्रीले भने ‘इन्काउन्टरमा मारिदिन्छौं’

तेलंगनाको हैदराबादमा केही दिनअघि ६ वर्षकी एक बालिकाको पहिले बलात्कार र त्यसपछि हत्या गरेर फरार आरोपीको पुलिसले खोजी गरिरहेको छ ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तेलंगनाको हैदराबादमा केही दिनअघि ६ वर्षकी एक बालिकाको पहिले बलात्कार र त्यसपछि हत्या गरेर फरार आरोपीको पुलिसले खोजी गरिरहेको छ । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यो घटनाले त्यहाँका जनता निकै आक्रोशित भएका छन् । उनीहरुले आरोपीलाई कडा सजाय दिन माग गरिरहेका छन् । यही बीच तेलंगना सरकारका मन्त्रीले ती आरोपीलाई इन्काउन्टरमा गोली हानेर मारिदिने बताएको एनडिटिभीको एक रिपोर्टमा जनाइएको छ ।

तेलंगना सरकारका श्रीम मन्त्री मल्ला रेड्डीले हैदराबादमा भएको यो घटनाबारे मिडियासँग कुरा गर्दै पीडितले छिटै न्याय पाउने बताए । मल्ला रेड्डीले भने ‘ हैदराबादकी बच्चीको हत्या गर्नेले कडा सजाय पाउनुपर्छ । हामी उसलाई गिरफ्तार गर्नेछौं त्यसपछि इन्काउन्टरमा मारिदिनेछौं ।’

मन्त्रीले छिटै पीडित परिवारलाई भेट्ने र उनीहरुलाई सहयोग गर्ने पनि बताए । परिवारलाई हरेक किसिमले सहयोग गर्ने बताउँदै उनले अगाडि बढेर इन्काउन्टरको कुरा गरे त्यसपछि आरोपीलाई नछोड्ने बताए ।

यो घटनाका विषयमा जनतामा बढ्दो आक्रोशका बीच सोमबार सांसद रेवाथ रेड्डीले पीडित परिवारलाई भेटेका छन् । हैदराबादसहित तेलंगनाका विभिन्न स्थानमा यो घटनालाई लिएर विरोध प्रदर्शन भइरहेका छन् । जनताको प्रदर्शन र जुलुश लगातार बढिरहेका छन् । जनताले मैनबत्तीसहित जुलुस निकालेर न्यायको माग गरेका छन् ।

घटना ९ सेप्टेम्बरमा भएको थियो । त्यस दिन ६ वर्षकी बालिकालाई पहिले बलात्कार गरेर हत्या गरिएको थियो । बालिकाको शव एउटा बन्द घरभित्र भेटिएको थियो । पुलिसले यस घटनामा दोषी भएको आरोपमा ३० वर्षका एक व्यक्तिको खोजी गरिरहेको छ । यी आरोपी बालिकाका छिमेकी भएको बताइएको छ । पुलिसले १५ टिम बनाएको छ र सबै टिमले यी आरोपीको खोजी गरिरहेको छ ।

मध्य प्रदेश र आन्ध्र प्रदेशमा पनि आरोपीको खोजी भइरहेको छ । हैदराबाद पुलिसले आरोपीको टाउकोको मूल्य १० लाख भारतीय रुपैयाँ (१६ लाख नेपाली रुपैयाँ) तोकेको छ । आरोपीलाई छिटो पक्राउ गर्न यो पुरस्कार घोषणा गरिएको हो । तृलंगनाको राजनीतिमा यो मुद्दाले ठूलो हलचल ल्याएको छ जसले गर्दा पुलिसमाथि पनि छिटो एक्सन लिन ठूलो दबाब परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार