फेरि देशको नेतृत्व माओवादीले गर्ने अवस्था आउँछ : प्रचण्ड

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो स्तरका नेतामा विचलन आएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पोस्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अझै पनि जनतामा क्रान्तिप्रति रुचि रहेको बताएका हुन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पुस ५ गतेको प्रतिगमनपछिको आन्दोलनले लाखौंको संख्यामा क्रान्तिका लागि जनता सडकमा आउन तयार रहेको देखाएको दाहालले बताए । ‘हामी अलिअलि बिग्रियौं कि भन्ठानेको, जनता बिग्रेको होइन । ग्रास लेभलको कार्यकर्ता बिग्रेको पनि होइन, हामी अलि माथि आएका नेताहरु, गुट गर्दै हिँड्न रमाउनेचाहिँ हामी माथिका नेता हो, तलका होइन भन्ने सावित भयो,’ दाहालले भने ।

लाखौं जनता सडकमा आएर प्रतिगमनलाई हराउनै पर्छ भन्ने पनि देखाएको उनको भनाई थियो । प्रतिगमनविरोधी आन्दोलनबाट जनताले गलत बाटोमा जान हुन्न है भनेर आफूहरुलाई पाठ सिकाएको पनि उनले बताए ।

आवश्यक रहे आफूहरु सडकमा जानुपर्ने अवस्था पनि आउन सक्ने उनको भनाइ छ । ‘जरुरत पर्‍यो भने हामी सडकमा पनि जानुपर्ने हुन सक्छ । विकृत बुर्जुवा प्रणालीलाई सुधार्न हामी सडकमा जानुपर्ने अवस्था पनि आउन सक्छ ।’

अध्यक्ष दाहालले माओवादी फेरि देशको नम्बर एक पार्टी बन्न सक्ने पनि बताए । पछिल्ला आन्दोलनले माओवादी पुन: शक्तिमा फर्किन सक्छ भन्ने देखाएको उनको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेछ भन्ने स्थापित भयो । हामी आउँछौं र हामीले देशको नेतृत्व गर्ने वातावरण बन्छ । हामीले राम्रोसँग देशको नेतृत्व गर्न नपाई नपाई १५ वर्ष बित्यो । दुई पटक सरकारको नेतृत्व पनि गर्‍यौं, मन्त्री पनि बनायौं । १०० जना कमरेडहरु मन्त्री भइयो । सबैभन्दा बढी मन्त्री बनाउने पार्टी पनि हाम्रै पार्टी भएछ छोटो समयमा,’ उनले भने ।

आफूहरु इमान्दार भएर लाग्दा कसैले रोक्न नसक्ने पनि उनले बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिने पनि उनले बताए । गठबन्धनलाई निरन्तरता दिँदा आगामी चुनावमा दुई तिहाई मत ल्याउने उनको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार