तालिबानको अन्तरिम सरकारमा आपसी फुट, उपप्रधानमन्त्री बरादर काबुल छोडेर हिँडे

तालिबानको अन्तरिक सरकारमा आपसी फुट परेको छ । तालिबानका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले तालिबान सरकारमा सहभागी नेताहरु विभाजित भएको बताएको हो ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। तालिबानको अन्तरिक सरकारमा आपसी फुट परेको छ । तालिबानका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले तालिबान सरकारमा सहभागी नेताहरु विभाजित भएको बताएको हो । उनका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादरको समूह र एक क्याबिनेट सदस्यबीच भनाभन भएको थियो । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

पछिल्ला केही दिनयता मुल्ला गनी बरादर सार्वजनिक रुपमा देखिएका छैनन् । त्यसपछि नै तालिबानमा नेतृत्वका विषयमा असहमति सतहमा आएको मानिएको छ । तर, यी खबरलाई तालिबानले भने आधिकारिक रुपमा खारेज गरेको छ । तालिबानले गत महिना अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो । त्यससँगै अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट बनाउने घोषणा गरिएको थियो ।

तालिबानले ७ सेप्टेम्बरमा नयाँ मन्त्रिपरिषदको घोषणा गरेको थियो जसमा सबै पुरुष छन् र शीर्षमा रहेका सबै पछिल्लो २ दशकमा अमेरिकी बलमाथि आक्रमणको लागि कुख्यात छन् । तालिबानको एक सूत्रले बीबीसी पश्तोसँग कुरा गर्दै बरादर र खलील उर रहमानबीच आपसी भनाभन भएको बताएको छ । त्यसपछि दुईका समर्थक एक अर्कासँग भिडेका थिए । खलील उर रहमान हक्कानी नेटवर्ककका नेता र तालिबान सरकारमा शरणार्थी मन्त्री हुन् ।

यो विवादका प्रत्यक्षदर्शीसमेत रहेका कतारस्थित तालिबानका एक शीर्ष सदस्यले गत हप्ता यो घटना भएको पुष्टि गरेका छन् । सूत्रका अनुसार अन्तरिक सरकारमा उपप्रधानमन्त्री बनाइएका बरादर सरकारको संरचनासँग सन्तुष्ट नभएका कारण विवाद भएको थियो । अफगानिस्तानमा जीतको श्रेयलाई लिएर तालिबानी नेताहरुमा विवाद छ ।

रिपोर्टका अनुसार बरादर उनको कूटनीतिका कारण तालिबानले अफगानिस्तानको सत्ता पाएको मान्छन् भने हक्कानी नेटवर्ककका सदस्य र समर्थकहरु भने अफगानिस्तानमा जीत लडाइँको बलमा पाएको मान्छन् । हक्कानी नेटवर्कको नेतृत्व तालिबानका एक शीर्ष नेतासँग छ ।

बरादर तालिबानको पहिलो यस्तो नेता हुन् जसले २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा सिधै कुरा गरेका थिए । यसअघि उनले तालिबानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सैनिक फिर्ता जाने विषयमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अर्कोतर्फ शक्तिशाली हक्कानी नेटवर्क छ जो पछिल्ला वर्षहरुमा पश्चिमी बलहरुमाथि सबैभन्दा हिंस्रक आक्रमणमा संलग्न थियो । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषित गरेको छ । यसका नेता सिराजुद्दीन हक्कानी तालिबानको नयाँ सरकारमा गृहमन्त्री छन् । गत हप्ता तालिबानको सबैभन्दा अहम अनुहार मानिने बरादर अचानक गायब भएपछि हल्ला धेरै नै चलेको छ । सामाजिक संजालमा उनको मृत्युको खबरसम्म फैलियो ।

बीबीसीसँग तालिबान सूत्रले बताएअनुसार विवादका कारण बरादर काबुल छोडेर कान्दाहार गएका छन् । सोमबार बरादरको नामबाट एउटा अडियो क्लिप जारी भएको थियो जसमा उनले आफू यात्रामा बाहिर भएको बताएका छन् । अडियो क्लिपमा उनले अहिले आफू जहाँ भए पनि ठिक भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार