युट्युबमा नयाँ कीर्तिमान विष्णु माझीको ‘चरी जेलैमा’

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा नयाँ कीर्तिमान बनाएको छ । गीतले रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाएर नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । सपना म्युजिक उद्योगको युट्युव च्यानलबाट गत १८ अगष्टमा सार्वजनिक गीतले समाचार तयार गर्दा २ करोड ९ लाख बढी भ्युज पाएको छ ।***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

गीतले ३ लाख ३२ हजार लाइक र २१ हजार डिस लाइक पाएको छ । यति थोरै समयमा यति धेरै भ्युज पाउने सम्भवत यो गीत पहिलो हो । यसअघि अस्मिता अधिकारीको गीत ‘टाढा भएपनि’ ले ३८ दिनमा २ करोड भ्युजको रेकर्ड बनाउन सफल भएको थियो ।

गीतले समेत चारैतिर चर्चा बटुलीरहेको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत बिष्णु माझीको जीवनसँग समेत जोडेर चर्चा गर्न थालिएको छ । सामाजिक सञ्जालमा उनको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको थियो । केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको थियो ।

सोधखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले बताएका थिए । राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएपछि प्रहरी उनको माइती पुगेको हो ।

यसअगाडि पनि उनको यसै गरेर पटक–पटक खोज हुने गरेको थियो । सो क्रममा श्रीमान् सुन्दरमणि अधिकारीसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पुगेर आफू राजी खुशीले सार्वजनिक नभएको उनले बताउँदै आएकी थिइन् ।
केही अगाडि विष्णु माझीको स्वर रहेको ‘सालको पात’ बोलको गीत पनि सर्वाधिक हिट भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार