शुरु गरे प्रहरी हिरासतमै अनशन, एमसीसीका बिरुद्दमा बोलेकै कारण हिरासतमा पुगेका पुण्य गौतमले

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो ।

प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरे ।

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छेसरह बाल्यकाल बिताएका उनी गाउँका सुखदुःखको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् ।

सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे । पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । स्कुलमा हुने विविध कार्यक्रम, हाजिरी जवाफ कविता वाचनलगायतका कार्यक्रममा उनी सधैँ भाग लिन्थे र स्थान पनि हात पार्थे । त्यस्तै भाषण गर्ने काममा उनी सधैँ अरुको रोजाइमा पर्ने गरेको सुनाउँछन् । भाषण देख्नेले त उनलाई नेताकै पगरी गुथाइदिन्थे । त्यही भएर होला उनलाई आफ्नो जन्म नै राजनीतिका लागि भएजस्तो लाग्छ ।

गौतमको राजनीतिक जीवन २०४५ सालबाट अनेरास्ववियुको स्कुल इकाइ कमिटीमा आबद्ध भएर काम गर्नथालेपछि सुरु भएको हो । राम्रो र कडा स्वभावका उनले सानो छँदै कार्यक्रम उद्घोषण गर्ने, राम्रो भाषण गर्ने कला सिकिसकेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार