यसो भनिन् करिश्माले १२ कक्षाको परीक्षा दिन जाँदाजाँदै…

आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी करिब ३ लाख ७४ हजार परिक्षार्थीहरुमध्येकि एक हुन्, चर्चित अभिनेत्री करिश्मा मानन्धर ।

नेपाल अनलाइन पत्रिका:

Share Now!

नेपाल अनलाइन पत्रिका – काठमाडौं। आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी करिब ३ लाख ७४ हजार परिक्षार्थीहरुमध्येकि एक हुन्, चर्चित अभिनेत्री करिश्मा मानन्धर । बिहानको सिमसिमे झरीमा छाता ओढेर परीक्षा हलतर्फ लम्किँदै गर्दा उनी हाम्रो क्यामरामा कैद भइन् । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

मुखमा मास्क र कलेज ड्रेसमा भएकाले अरू परीक्षार्थीभन्दा फरक देखिइनन् करिश्मा । होमसेन्टरका रूपमा रहेको गोदावरीस्थित किटिनी माविमा छिर्नुअघि उनले गेट बाहिर टाँसिएको सूचनामा आफ्नो सिट नम्बर चेक गरिन् । अनि प्रवेशपत्र देखाउँदै भित्र छिरिन् ।

परीक्षाहल भित्रै उनको तस्वीर खिच्न जान खोजेका सञ्चारकर्मीलाई भने अनुमति दिइएन । परीक्षा दिन जानुअघि करिश्माले हामीसितको छोटो कुराकानीमा यसपाली राम्रो तयारी गर्न नपाएको गुनासो सुनाइन् ।

‘म योचोटि अलि धेरै व्यस्त भएँ । इन्टेक्सको व्यापार भर्खरै सुरु गरेको अनि मुन्द्रेको कमेडी क्लवको सुटिङ पनि परेकाले पढाइमा धेरै समय दिन सकेको छैन । तैपनि राम्रै हुन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन् ।

करिश्माले मेजर इंग्लिस लिएर आर्ट्स पढिरहेकी छन् । अब ८ गतेसम्म आफूले कुनै पनि कार्यक्रम नराखेको र पढाइमै फोकस हुने उनले सुनाइन् । ‘यो वर्ष हामी कलेज नै जान पाएका छैनौं, त्यसैले प्राक्टिसको कमिले परीक्षामा लेख्न अलि स्लो होला कि जस्तो लागेको छ,’ उनले भनिन् ।

परीक्षाअघि कत्तिको डर लागेको छ ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डर भन्दा पनि अलिक बेचैनीजस्तो भएको छ । आज राति तीनपटक निद्राबाट बिउँझिएँ ।’ उनले आफूसँगै १२ कक्षामा सहभागीहरुलाई शुभकामना दिएकी छन् ।

‘सबै मेरा भाइबहिनीहरुलाई परीक्षा राम्रो होस भनेर शुभकामना दिन चाहन्छु । धेरै प्रेसर महसुस नगर्नुस । सबै प्रश्नहरुको उत्तर दिने प्रयास गर्नुस,’ उनले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

नेपाल अन्लाईन पत्रिकामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

भिडियो
Video thumbnail
प्रचण्ड "जनता र कार्यकर्ता बिग्रेको होइन, हामी नेता बिग्रेको हो!" Prachanda
01:56
Video thumbnail
एमाले सांसद झाले भनिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ
01:20
Video thumbnail
सभामुख अग्नि सापकोटासँग एमाले अध्यक्ष केपी ओली आक्रोशित || KP Sharma Oli ||
03:14
Video thumbnail
ओलीको प्रश्न- एमसिसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू? KP OLI - MCC
02:07
Video thumbnail
प्रचण्डलाई ओलीको जवाफ- आगोलाई एकदुई बाल्टिन पानीले निभाएको पनि सम्झना रहोस् kp oli vs prachanda
02:15
Video thumbnail
कोमल वलीको टिप्पणी : उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नु भनेको सरकार कमजोर हुनु हो
03:08
Video thumbnail
रौतहटमा खत्रा हाना हान | Rautaha Fight
02:03
Video thumbnail
ओलीको उद्घोष माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन KP OLI
01:42
Video thumbnail
"प्रचण्डको भर छैन माओबादीले फेरी धोका दिएर हिड्न सक्छ": गगन थापा
05:11
Video thumbnail
चक्रपथमा मातेर ट्राफिक प्रहरी थर्काउने पूर्वयुवराज पारस शाहसँग समर्थकको सेल्फी ! (भिडियोसहित)
03:47

सम्बन्धित समाचार

FOLLOW US

ट्रेन्डिङ समाचार

ताजा समाचार